Khabarpato logo

         

सं‌सार

उत्तर कोरिया-अमेरिकाबीचको तनाव अझै बढ्ने संकेत

एजेन्सी

एजेन्सी

उत्तर कोरिया-अमेरिकाबीचको तनाव अझै बढ्ने संकेत

गत फेब्रुअरी महिनादेखि उत्तर कोरियासँग सम्पर्क गर्न  प्रयास गरिरहेको भए तापनि त्यहाँबाट कुनै प्रतिक्रिया प्राप्त भई नसकेको अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले जनाएको छ ।

अधिकारीहरूका अनुसार तनाव रोक्ने उद्देश्यले अमेरिकाले विभिन्न माध्यमबाट प्योङ्याङसँग संपर्क गर्ने प्रयास गरेको थियो ।

अमेरिकाले उत्तर कोरियालाई आणविक हतियार परित्याग गर्न मनाउन गरिएको प्रयास स्वरूप बाइडेनका पूर्ववर्ती डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनका बीचमा ३ पटक भएको वार्ता खासै उपलब्धिपूर्ण हुन सकेको थिएन ।

संयुक्त राष्ट्रसंघस्थित उत्तर कोरियाली नियोगलगायत छुट्टाछुट्टै माध्यमबाट विगत १२ महिनाभन्दा लामो समयदेखि उत्तर कोरियासँग संपर्क स्थापित गर्ने प्रयास अर्थपूर्ण हुन नसकेको एक जना अमेरिकी अधिकारीले बताएको बीबीसीले जनाएको छ ।

नेता किमलाई 'ठग'को संज्ञा दिएका राष्ट्रपति बाइडेनले उत्तर कोरियामाथि लगाइएको अमेरिकी र संयुक्त राष्ट्रसंघीय आर्थिक प्रतिबन्ध खुकुलो पार्नुअघि उसले आणविक निशस्त्रीकरण गर्नुपर्ने र आगामी अप्रिलमा उत्तर कोरियासम्बन्धी नीतिको नवीकरण गरिनेसमेत उल्लेख गरेका छन् ।

उत्तर कोरियाले भने अझ सटिक मार हान्न सक्ने लामो दूरीको क्षेप्यास्त्र, ठूला वारहेडहरू, गुप्तचरी गर्ने उपग्रहहरू र आणविक ऊर्जायुक्त पनडुब्बीहरू विकसित गरिसकेको दावी गर्दै आफ्नो देशको सैन्य क्षमता वृद्धि गर्ने कुरालाई जोड दिँदै आइरहेको छ ।

उत्तर कोरियाले सन् २०१७ मा अमेरिकाका शहरहरूसम्म मार हान्न सक्ने लामो दूरीको क्षेप्यास्त्रको परीक्षण गरेपछि ती २ देशबीचको सम्बन्धमा अझ ठूलो दरार आएको थियो । तत्कालीन राष्ट्रपति ट्रम्पले किमसँग सुमधुर सम्बन्ध विकास गर्ने प्रतिबद्धतापछि ३ पटक सम्पन्न भएका द्विपक्षीय वार्ताहरू दुवै पक्षले आआफ्नो अडान नछाडेपछि बिनानिष्कर्ष टुङ्गिएका थिए ।

आंशिक रूपमा आफ्ना हतियार नष्ट गर्ने र बदलामा आर्थिक प्रतिबन्ध हटाइनुपर्ने उत्तर कोरियाको मागलाई अमेरिकाले अस्वीकार गरेको थियो ।

आफ्नो सबैभन्दा हितैसी मुलुक चीनसँगको व्यापारसमेत क्रमिक रूपमा घट्दै गइरहेको उत्तर कोरिया कोभिड- १९ महामारीसँगै पछिल्लो १ वर्षदेखि बाहिरी विश्वबाट पूरै अलग्गिएको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…