Khabarpato logo

         

सं‌सार

म्यान्मारमा हिंसा जारी: शनिबार ६ प्रदर्शनकारी मारिए

एजेन्सी

एजेन्सी

म्यान्मारमा हिंसा जारी: शनिबार ६ प्रदर्शनकारी मारिए

१ फेब्रुअरीमा कू गरि सेनाले सत्ता कब्जा गरेपछि त्यसको बिरोधमा भएको शान्तिपूर्ण प्रदर्सनमाथि सुरक्षाबलको दमन रोकिएको छैन । यसै क्रममा शनिबार मात्र ६ जना प्रदर्शनकारीहरू मारिएको रोयटर्सले जनाएको छ ।

म्यन्मारको दोस्रो ठूलो शहर मान्डलेमा ३ र अन्यत्र ३ गरी जम्मा ६ जना मारिएसँगै प्रजातान्त्रिक सरकार बर्खास्त गरी सेनाले सत्ता हत्याए यता त्यहाँ ज्यान गुमाउनेको संख्या ७० पुगेको बताइएको छ । 

नेतृ आङ सान सु किलाई अज्ञात स्थलमा बन्धक बनाई राखिएको र अन्य हजारौं नेता तथा प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ ।

सु किलाई ६ लाख गैरकानुनी ढंगले अमेरिकी डलर र ठूलो मात्रामा सुन लिएको पछिल्लो गम्भीर अभियोगसमेत अन्य केही सामान्य आरोप लगाइएको छ । 

बेलायत, अमेरिका, क्यानाडा, संयुक्त राष्ट्रसंघ, युरोपेली संघलगायतले सैनिक शासकमाथि निर्वाचित सरकारको पुनर्वहाली गर्न र पक्राउ परेकालाई बिना सर्त रिहा गर्न दबाब दिदै विभिन्न प्रतिबन्धहरू घोषणा गरिसकेका छन् । 

निहत्था प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले घातक हतियार प्रयोग गर्ने गरेको एम्नेस्टी इन्टरनेसनललगायत मानवअधिकारवादी संस्थाहरूले जनाएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…