Khabarpato logo

         

बहस

सम्पादकीय: 'निष्पक्ष समाचार, तटस्थ विचार'को प्रयास

घनेन्द्र ओझा

घनेन्द्र ओझा

सम्पादकीय: 'निष्पक्ष समाचार, तटस्थ विचार'को प्रयास

सूचना र प्रविधिको विकाससँगै आजको समयमा विश्वभरका घटना, दुर्घटनाबारे घरमै बसीबसी जानकारी लिन सकिने भएको छ । आमचासोका विषयलाई एक क्लिकको भरमा संसारभर फैलाउन सकिने भएको छ । यो आधुनिक विज्ञान र प्रविधिको महत्त्वपूर्ण र अर्थपूर्ण देनलाई धन्यवाद दिनै पर्छ । प्रविधिको विकाससँगै मानव जीवन सहज भएको छ तथापि प्रविधिको गलत प्रयोगले उत्पन्न गराउने हानि/नोक्सानीको जोखिम पनि सँगसँगै छ । यसर्थ विवेकको उच्चतम प्रयोगद्वारा भएका प्रविधिको उपयोग गरी सूचना समाजलाई व्यवस्थित, मर्यादित र फलदायी बनाउने जिम्मेवारी हामीमा छ ।

अहिलेको समाज (मानिस) सूचनाविहीन भएर बस्न सक्दैन । हातहातमा भएका प्रविधिले मानिसलाई सूचना-निरपेक्ष रहन दिँदैन । त्यसमाथि मिडिया र सामाजिक संजालका कारण मानिस अब चाहेर पनि सूचना समाजभन्दा पर रहन संभव छैन । अहिले एउटै ठाउँमा सबै रूपका मिडिया प्रयोग गर्न सकिने भएकाले पनि सूचनाका लागि मानिस निकै समृद्ध बनेको छ । पछिल्लो समय इन्टरनेटको आगमनसँगै खुलेका अनलाइनहरूले निमेषभरमा सूचना विस्तार गरेका छन् । यो प्रविधिमा आएको फड्कोलाई विश्वभरका मानिसले व्यापक उपयोग गरेका छन् ।

विश्वमा भएका घटना, दुर्घटना, राजनीतिक/कूटनीतिक/वातावरणीय/वैज्ञानिक/आर्थिकलगायतका गतिविधिबारे आमजनलाई सुसूचित गर्ने हेतु हामीले पनि अनेकौँ अनलाइनका माझमा खबरपातोडटकम (www.khabarpato.com) तपाईं सामु ल्याएका छौँ । हामीले भनेका छौँ- 'निष्पक्ष समाचार, तटस्थ विचार ।' कुनै पनि घटना वा विषयबारेका समाचारमा हाम्रो पक्षधरता शून्य बराबर हुनेछ । हामी कसैको पक्षपोषण वा विरोधमा हाम्रो ऊर्जा, श्रम र समय खर्चिनेछैनौँ । आममानिसको तथ्य सूचना पाउने हकलाई सम्मान गर्नेछौँ ।

यसरी नै हामी कुनै घटना वा विषयका सवालमा तटस्थ विचार राख्नेछौँ । सन्तुलित विचारको प्रवाह गर्ने हाम्रो नीति हुनेछ । तर, राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय सुरक्षा, लोकतन्त्र, मानवअधिकार, शान्ति र स्थिरताका सवालमा हामी निष्पक्ष र तटस्थ रहन सक्दैनौँ, यो हाम्रो घोषित नीति हुनेछ । हामी दैनन्दिनका सबै सूचनाको पछि लाग्नेछैनौँ तर गम्भीर सूचनालाई आमजनमा प्रेषित गर्न चुक्नेछैनौँ । हाम्रो मूल ध्येय समाजका हरविषयमा बहस र छलफल चलाउनु हुनेछ । राजनीतिदेखि सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक आदि सबै विषयमा गम्भीर र तथ्यपरक छलफल र बहस हाम्रो मूल लक्ष्य हुनेछ ।

हामी हाम्रा शुभेच्छुक पाठक, विज्ञापनदाता, सूचनादाताहरूप्रति आभारी छौँ । रचनात्मक सुझाव, सल्लाह र सहयोगको अपेक्षा हरदम रहनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…