Khabarpato logo

         

सं‌सार

जेफ बेजोसको २०३० सम्ममा १० अर्ब खर्च गर्ने योजना सार्वजनिक

एजेन्सी

एजेन्सी

जेफ बेजोसको २०३० सम्ममा १० अर्ब खर्च  गर्ने योजना सार्वजनिक

अमेजनका सिइओ जेफ बेजोसले सन् २०३० सम्ममा वातावरणीय सुधारका क्षेत्रमा १० अर्ब डलर खर्च गर्ने योजना बनाएको बेजोस अर्थ फन्डका नवनियुक्त कार्यकारी प्रमुक एन्ड्र्यु स्टियरले मंगलबार जानकारी दिएका छन् ।

बेजोसले जनवरी २०२० मा घोषणा गरेको उक्त कोष वातावरणीय समस्यासँग लड्नका लागि कसरी खर्छ गरिनेछ भन्ने बारे केही बताइएको थिएन ।

मंगलबार अर्थ फन्डको सिइओमा नियुक्त स्टियरले लगातार ट्विट गर्दै अहिले र २०२० को बीचमा उक्त रकम खर्च गर्ने बेजोसको लक्ष्य रहेको बताएका हुन् ।

स्टियरको ट्विटमा लेखिएको छ,"उक्त कोष नयाँ प्रविधिको विकास, लगानी, नीति परिवर्तन र व्यबहारलाई दिशा निर्देश गर्न मद्धत गर्ने गरी बैज्ञानिकहरू, एनजिओहरू, अभियन्ताहरू, र निजि क्षेत्रमा लगानी गरिने छ" । उनी अगाडि लेख्छन्,"हामी सामाजिक न्यायलाई जोड दिनेछौँ, किनकि वातावरण परिवर्तनले गरिब र सीमान्तकृत मानिसहरूलाई ज्यादा चोट पुर्याउछ" ।

इन्स्टाग्राममा आफ्नी प्रेमिका लाउरेनलाई उदृत गर्दै बेजोसले एन्ड्र्युलाई आफ्नो टीममा पाएकोमा आफू प्रसन्न भएको तथा 'अर्थ फन्ड' र आफ्ना सहकर्मीसँगको अगाडिको यात्राका लागि उत्साहित बनेको बताएका छन् ।

स्टियरले उक्त संस्थामा जोडिन पाउँदा आफूलाई अति खुसी लागेको बताउदै मानिसलाई केन्द्रमा राखेर वातावरण र प्रकृति सम्बन्धि समस्याहरूको सम्बोधन गर्नका लागि उपयुक्त परिबर्तन ल्याउन लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

अति धेरै रचनात्मक शुरूवातहरू आर्थिक संकट, जोखिम व्यवस्थापन अथवा उचित साझेदारीको अभावले अगाडि बढ्न नसकिरहेको अवस्थामा 'अर्थ फन्ड' सहयोगी बन्ने उनको प्रतिकृया थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…