Khabarpato logo

         

सं‌सार

अमेरिकाको वर्मन्टको आकाशमा पनि उल्का बिस्फोट

एजेन्सी

एजेन्सी

अमेरिकाको वर्मन्टको आकाशमा पनि उल्का बिस्फोट

अमेरिकाको वर्मन्ट राज्यको आकाशमा आइतबार राती एउटा चम्किलो उल्का उडिरहेको देखिएको थियो । क्यानडा र न्यू इङ्ग्ल्याडबाट पनि उल्का देखिएको सूचनाहरू प्राप्त भएको जनाइएको छ ।

नेसनल एरोनौटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा)को मिटियर वाचका अनुसार त्यो उल्का ४४० पाउन्ड (२०० किलो) टीएनटी बराबरको शक्तिले बिस्फोट भएको आधारमा त्यसको १० पाउन्ड (४.५ किलो) तौल र ६ इन्च (१५ सेमी) व्यास  भएको हुन सक्ने अनुमान गरिएको छ । पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दाका बखत त्यस उल्का पिण्डको गति ६८ हजार किलोमिटर प्रतिघण्टा (४२ हजार माइल) रहेको थियो ।

उल्का देखिएपछि नासाले आफ्नो फेसबुक पेजमा लेखेको छ, 'त्यो अन्तरिक्ष पिण्डले पैदा गरेको दबाब तरङ्गले त्यहाँका घरहरू हल्लाउनुका साथै ठूलो आवाजमा डरलाग्दो गरी बिस्फोट भयो ।' त्यस्तो दबाब तरङ्गले जमिनमा भूकम्पमापक यन्त्रले महसुस गर्न सक्ने सामान्य कम्पन पैदा गरेको समेत उल्लेख गरिएको छ ।

प्रत्यक्षदर्शीलाई उदृत गर्दै नासाले जनाएअनुसार बिस्फोट हुनुअघि उक्त उल्का पिण्ड माउन्ट म्यान्स्फिल्ड राज्यको उत्तरपूर्वी दिशामा क्यानडातर्फको सिमानातिरको आकाशमा ३३ किलोमिटरको यात्रा गरी अन्त्यमा जमिनबाट ३३ किलोमिटरमाथिको आकाशमा लुप्त भएको थियो ।

उच्च गतिमा उडिरहेको त्यस पिण्डको अगाडि दबाब पैदा हुने र पछाडिपट्टि भ्याकुम (खाली ठाउँ) बन्ने भएको हुनाले पृथ्वीको वातावरणीय दबाबका कारण उक्त उल्का बिस्फोट हुँदा ठूलो आवाज आउनुका साथै कम्पनसमेत पैदा भएको उल्लेख गरिएको छ ।

२८ फेब्रुअरीमा बेलायतको विन्चकम्वमा पनि  कार्बोनेसियस कोन्ड्राइटयुक्त एउटा उल्का पिण्ड बिस्फोट भई त्यसका टुक्राहरू जमिनमा खसेको पाइएको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…