Khabarpato logo

         

सं‌सार

महिलावादी प्रदर्शनकारीको जुलुसमा स्विस प्रहरीद्वारा अश्रुग्यास प्रहार

एजेन्सी

एजेन्सी

महिलावादी प्रदर्शनकारीको जुलुसमा स्विस प्रहरीद्वारा अश्रुग्यास प्रहार

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा स्वीजर्ल्याण्डको जुरिकमा महिलावादी सहभागी एक जुलुसमा प्रहरीले अश्रुग्यास प्रहार गरेको र दुई जना प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताइएको छ । 

एजेन्सीहरुका अनुसार कोविड-१९ का कारण स्वीजरल्याण्डमा सामूहिक कार्यक्रम गर्नमा रोक लगाइएको हुनाले संगठितरूपमा गर्न लागिएको उक्त प्रदर्शन शुरू हुनु अगावै प्रहरीले चेतावनी दिएको थियो ।

त्यहाँको प्रदर्शनमा १०० भन्दा कम मानिसहरूको सहभागिता रहेको प्रहरीले जनाएको छ ।

शहरका विभिन्न भागहरू बाट भेला भएका प्रदर्शनकारीहरूलाई रोक्न अश्रुग्यास प्रहार गर्नु परेको र एक प्रदर्शनकारीले एकजना प्रहरीलाई टोकेकोसमेत स्थानीय प्रहरीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।  

प्रहरीलाई टोक्ने ती महिलालाई गिरफ्तार गरिएको र अरू प्रदर्शनकारीहरूले उनलाई छुटाउन खोज्दा अर्को एक जनालाई पक्राउ गरी फेरि अश्रुग्यास प्रहार गर्नु परेको समाचारमा उल्लेख गरिएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…