Khabarpato logo

         

सं‌सार

भारतमा किसान आन्दोलन जारी: सीमानाका बन्द हुँदा यात्रुलाई सास्ती

एजेन्सी

एजेन्सी

भारतमा किसान आन्दोलन जारी: सीमानाका बन्द हुँदा यात्रुलाई सास्ती

३ वटा किसानसम्बन्धी कानुनको विरोधमा उत्रिएका भारतीय किसानको आन्दोलनका कारण सिन्धु, टिक्रीलगायत दिल्लीका अधिकांश सीमानाका बन्द गरिएका छन् । 

चिल्ला नाका यातायातका लागि पूरै खोलिएको छ भने घजिपुर नाका दिल्लीबाट घजिपुरका लागि मात्र खोलिएको बताइएको छ । 

चिल्ला नाका केही हप्ता किसानहरूले बन्द गरेपछि जनवरीको अन्त्यतिर मात्र खोलिएको थियो ।

दिल्ली प्रवेश गर्ने अधिकांश नाकाहरू बन्द भएका कारण बाहिरबाट आउने सवारी चालकहरूलाई ट्राफिक प्रहरीले वैकल्पिक मार्गको प्रयोग गर्न सुझाउने गरेको छ ।

सिन्धु, टिक्री, औचदी, साबोली र मनियारीलगायत दिल्ली र हरियाणाबीचका प्रवेश र निकास मार्गहरूमा बन्द जारी छ ।किसान आन्दोलनका कारण दिल्लीको सीमानाका बन्द हुँदा यातायातका साधन र यात्रुहरूले सास्ती भोग्नुपरेको जनाइएको छ ।

घजिपुर, टिक्री र सिन्धुको सिमानामा गत सालको नोभेम्बर महिनादेखि किसानहरूले लगातार प्रदर्शन गर्दै आएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…