Khabarpato logo

         

सं‌सार

शान्तिका लागि विश्वव्यापी अपिलका बाबजुद म्यान्मारमा हिंसा जारी: बुधबार मात्र कम्तीमा १० जना मारिए

एजेन्सी

एजेन्सी

शान्तिका लागि विश्वव्यापी अपिलका बाबजुद म्यान्मारमा हिंसा जारी: बुधबार मात्र कम्तीमा १० जना मारिए

म्यान्मारमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको पछिल्लो झडपमा कम्तीमा १० जना मारिएका छन् ।

देशभरका अन्य शहरहरूबाट  थप हताहतीका समाचार आइरहेका भए पनि पुष्टि भएको छैन ।

सुरक्षा बलले मन्डले र मोनिवामा ठूलो भीडमा अन्धाधुन्ध गोली चलाएको थियो, जसमा धेरै पीडितमध्ये २ जना नाबालक पनि भएको बताइएको छ ।

म्यान्मारमा १ फेब्रुअरीमा सेनाले सत्ता कब्जा गरेपछि त्यसको  विरोधमा निरन्तर जनप्रदर्शन भइरहेका छन् ।

उक्त कूपश्चात् जननिर्वाचित सरकारलाई अपदस्त गरी आङ सान सु कीलगायत नेताहरूलाई बन्दी बनाइएको थियो । प्रदर्शनकारीहरूले नेताहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् ।

सेनाले आङ सान सु कीको पार्टीले भारी बहुमत  ल्याउन सफल गत नोभेम्बरको आमनिर्वाचनमा व्यापक धाँधली गरिएको हुनाले सत्ता हातमा लिनुपरेको दाबी गर्दै आएको भए तापनि उक्त आरोप सिद्ध गर्ने कुनै प्रमाण प्रस्तुत गर्न सकेको छैन ।

हालसम्मको १ महिना लामो अस्थिरताका दौरान त्यहाँ कम्तीमा २८ जना मानिसहरू मारिएका छन् ।

संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायबाट भइरहेको हिंसाको भर्त्सना र शान्तिको अपिललाई बेवास्ता गर्दै सेनाले शान्तिपूर्ण प्रदर्शनकारीमाथि निर्मम दमन गरिरहेको समाचार आइरहेका छन् ।

एजेन्सीहरूका अनुसार प्रत्यक्षदर्शीहरूले केही शहरहरूमा चेतावनी नै नदिईकन सुरक्षा बलले प्रदर्शनकारीमाथि गोली चलाएको उल्लेख गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…