Khabarpato logo

         

सं‌सार

१७० वर्ष नदेखिएको चरा इन्डोनेसियाको जंगलमा फेला पर्‍यो

एजेन्सी

एजेन्सी

१७० वर्ष नदेखिएको चरा इन्डोनेसियाको जंगलमा फेला पर्‍यो

एसियाको सबै भन्दा लामो समय हराएको कालो निधार भएको बाब्लर नाम गरेको चरा १ सय ७० बर्ष पछि इन्डोनेसियामा भेटिएको छ ।

चरा अद्येताहरु लोप भएको भन्ने ठानिएको त्यो प्रजातिको चराको पुनरागमनले अत्यन्त उत्साहित भएका छन् । एकजना चरा अध्येता तथा लेखक पान्जी गस्टी अक्बरले, द न्यूयोर्क टाइम्समा राचेल न्युवेरले लेखेका छन्, भने,"मैले उत्साह, अविश्वास र धेरै खुसी महशुस गरें" ।

चरा बिज्ञहरुले कालो निधार भएको उक्त बाब्लर चराको बर्णन त्यस बेला प्राप्त एक मात्र नमुनाका आधारमा सर्वप्रथम सन् १८५० तिर  गरेको  बताइएको छ । तर त्यसपछि कुनै पनि खोजकर्ताहरुले त्यो प्रजातिको चरा फेला पार्न सकेका थिएनन् ।

इन्डोनेसियाको बोर्नियो भन्ने ठाउँमा सन् २०१६ मा  बिडब्ल्यु ग्यालिटस नामक चराको निगरानी गर्ने समूहको स्थापना भए पछि परिवर्तन आएको राचेल न्युवेरले लेखेका छन् । उक्त समूहका व्यक्तिहरु स्थानीय मानिसहरुका बिचमा गएर तिनिहरुका प्रान्तमा विविध प्रजातिका चराहरु रहेको कुरा बताउथे । स्थानीय मानिसहरुमध्ये मुहमद सुरान्टो र मुहमद रिज्की फाउजान नाम गरेका मानिसहरु उक्त चराको पहिचान गर्न उत्सुक भए किनभने तिनिहरुले बर्नियोमा अवस्थित दक्षिणी क्यालिमान्टान नामक इन्डोनेसियाको एक प्रान्तको जंगलमा यात्रा गर्ने क्रममा कहिलेकाही एउटा कालो र खैरो रंगको चरा भुर्र भुर्र उडेको देखेका थिए । गत अक्टोबरमा तिनै दुई व्यक्तिहरूले त्यो प्रजातिको एउटा चरा समाउन सफल भए र त्यसको फोटो बिडब्ल्यु ग्यालिटस समूहका एक सदस्य जोको सेड टिसियान्टोलाई पठाएका थिए । पछि उनिहरूले समातेको उक्त चरा बाब्लर भएको पुष्टि भएको थियो ।

चराको पहिचानको पुष्टि भए पछि ट्रिसियान्टोले सुरान्टो र फाउजानलाई समातिएको उक्त चरालाई जंगलमै छाडिदिन मनाएका थिए । उनिहरुको उद्देश्य स्थानीय समुदायमा प्रकृतिप्रति रुचि जगाउनु र पर्यटकलाई आकर्षित गर्नु रहेको बताइएको छ ।

पूर्वी जाभामा अवस्थित बर्डप्याकर नाम गरेको बर्ड वाचिङ एन्ड गाइडिङ समूहका सदस्यसमेत रहेका अक्बरले त्यो चरा हेर्न पाउने सम्भाब्यताका बारेमा संसार भरी बाट मानिसहरुले उनलाई संपर्क गर्न शुरू गरिसकेको बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…