Khabarpato logo

         

सं‌सार

म्यान्मारमा भएको प्रदर्शनमा सेनाको दमन: आइतबार मात्र १८ जनाको ज्यान गयो

एजेन्सी

एजेन्सी

म्यान्मारमा भएको प्रदर्शनमा सेनाको दमन: आइतबार मात्र १८ जनाको ज्यान गयो

एजेन्सीहरूका अनुसार सेनाले गरेको सत्ता कब्जाका विरुद्ध प्रदर्शन चर्काउन खोज्ने प्रदर्शनकारीमाझ म्यान्मारको सुरक्षा बलले अन्धाधुन्ध गोली चलाउँदा आइतबार मात्र १८ जना मारिएका छन् भने ३० जनाभन्दा बढी  घाइतेे भएका छन् ।

यो गत फेब्रुअरी १ मा सेनाले कू गरेपछिको आङ सान सु कीको निर्वाचित सरकारको पुनःस्थापनाको माग गर्दै भइरहेको प्रदर्शनका क्रममा एकै दिनमा भएको सर्वाधिक हताहतीको घटना हो । आइतबार मात्र १ हजारभन्ददा बढी प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवअघिकारको कार्यालयलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार याङ्गुुन, दवेइ, मन्डलेइ, मेइक, बागो र पोकोक्कु भन्ने ठाउँहरूमा प्रदर्शनकारीको भीडमा अन्धधुन्ध गोली चलाउनुका साथै अश्रुग्यास र ग्रिनेडसमेत प्रहार गरिएको थियो ।

प्रदर्शनको समाचार संकलन गर्ने शिलशिलामा शनिबार बिहान एसोसिएटेड प्रेसका एकजना पत्रकारलाई नियन्त्रणमा लिइएको थियो । एपीले उनलाई तत्काल रिहा गर्न माग गरेको छ ।

त्यहाँको भयावह अवस्था र आधिकारिक स्रोतबाट समाचार  प्राप्त हुन नसकेका कारण विशेष गरी याङ्गुुन, मन्डलेइ र नेइपितअभन्दा बाहिरका स्थानहरूमा भएका घटनामा मृत्यु भएका  प्रदर्शनकारीहरूको संख्याको यकिन गर्न कठिन छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शान्तिपूर्ण प्रदर्शनकारीमाथि भएको दमनको भर्त्सना गर्दै जथाभावी गिरफ्तार गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । साथै उनले सेनालाई मतदानमार्फत व्यक्त गरिएको जनमतको सम्मान गर्न र दमन रोक्नका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई एक हुन अपिलसमेत गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टाेनी ब्लिङ्केनले पनि उक्त हिंसात्मक घटनाको भर्त्सना गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…