Khabarpato logo

         

सं‌सार

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

एजेन्सी

एजेन्सी

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरीले आइतबार जनाएको छ । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा अवस्था कमजोर भएको लाभ लिँदै भीडले उक्त हिंसात्मक आक्रमण गरेको हो । 

सन् २०१७ मा म्यान्मारमा भएको सैन्य कारबाहीपछि भागेर आई बसेका रोहिङ्ग्या शरणार्थीलाई बङ्गलादेश विशाल शिविरमा आश्रय दिइरहेको छ । 

हालैका महिनाहरूमा अव्यवस्थित बस्तीहरूमा हिंसा बढेको छ, गिरोहहरूले लागूपदार्थ तस्करीमा नियन्त्रण कायम गर्ने, शरणार्थीहरूको नागरिक नेतृत्वलाई हत्या र अपहरणमार्फत् तर्साउने गरिरहेका छन् ।

प्रहरी प्रवक्ता फारुक अहमदले क्याम्प १३ मा शनिबार राति दुई रोहिङ्ग्या शिविरका नेताको हत्या भएको पुष्टि गरेका छन् । एक दर्जनभन्दा बढी रोहिङ्ग्या उपद्रवीहरूले क्याम्प १३ का प्रमुख ३८ वर्षीय मौलवी मोहम्मद युनुसको हत्या गरेका थिए । उनीहरूले अर्का माझी ३८ वर्षीय मोहम्मद अनवरको पनि हत्या गरेका छन् । युनुसको घटनास्थलमै र अमवारको अस्पतालमा मृत्यु भएको थियो।

‘माझी’ रोहिंग्या शिविरका नेताका लागि एउटा शब्द हो । शिविरमा सुरक्षाको जिम्मा पाएको इकाइका एक वरिष्ठ अधिकारीले म्यान्मारमा सेनासँग लडिरहेको विद्रोही समूह अराकान रोहिङ्ग्या साल्भेसन आर्मी (एआरएसए)लाई मारिएको आरोप लगाएका छन् ।

‘यो एआरएसएद्वारा लक्षित हत्याहरू हुन् । म्यान्मारको आन्तरिक द्वन्द्वले शिविरको सुरक्षा अवस्थालाई प्रभावित गरिरहेको छ’, संवेदनशील सूचनाबारे नाम नबताउने सर्तमा उनले भने ।

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा रोहिङ्ग्या समुदायका २ नेताको हत्या

बङ्गलादेशमा एक दर्जन व्यक्तिको भीडले दुई रोहिङ्ग्या समुदायका नेताको हत्या गरेको प्रहरील…

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

राजस्थानमा धार्मिक तनावः मोदीलाई धम्की, इन्टरनेट सेवा बन्द

भारतको उत्तरी राज्य राजस्थानमा एक हिन्दु धर्मावलम्बीको हत्यापछि उक्त क्षेत्रमा धार्मिक तना…

जी–७ समूहको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जी–७ समूहको युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता

जर्मनीमा भएको शिखर सम्मेलनको दोस्रो दिन विश्वका ७ वटा धनी राष्ट्रका नेताहरूले युक्रेनल…

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

आरडी बर्मन र आशा भोसलेका प्रेम किस्सा

भारतीय फिल्मको दुनियाँमा संगीतमा नयाँ आयाम दिने संगीतकार आरडी बर्मन अर्थात् राहुलदे…