Khabarpato logo

         

सं‌सार

आगामी ३ साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

एजेन्सी

एजेन्सी

आगामी ३ साता श्रीलंकामा इन्धन पाउन कठिनः प्रधानमन्त्री विक्रमासिंघे

श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघेले आगामी ३ साता इन्धन र ग्यास पाउन कठिन समय हुने चेतावनी दिएका छन् । उनले ग्यास र इन्धनको भण्डारण नगर्न सर्वसाधारणलाई अपिल गर्दै अहिलेको अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकको यात्रामा प्रतिबन्ध लगाउने कदम चाल्नुपर्ने बताए । संसदलाई विशेष सम्बोधन गर्दै प्रधानमन्त्री विक्रमासिंघले यस्तो धारणा राखेका हुन् । 

प्रधानमन्त्रीले देशलाई इन्धनका लागि प्रतिमहिना ५०० मिलियन अमेरिकी डलर र आगामी ६ महिनाका लागि इन्धन जोहो गर्न ३ हजार ३०० मिलियन डलर आवश्यक पर्ने बताए ।
उनले हालको विश्वव्यापी संकटले तेलको मूल्य बढ्ने खतरा रहेको भन्दै बढ्दो मागका कारण यो वर्षको अन्त्यसम्ममा विश्वमा तेलको मूल्य ४० प्रतिशतसम्म बढ्ने अनुमान गरेका छन् । 

उनले ग्यास आयात गर्न मासिक ४० मिलियन डलर खर्च हुने र आगामी ६ महिनामा ग्यासका लागि २५० मिलियन अमेरिकी डलर आवश्यक पर्ने बताए ।
प्रधानमन्त्रीले आर्थिक सुधारले मात्र मुलुकको पुनर्निर्माण पर्याप्त नहुने बताए । सामाजिक–राजनीतिक र सार्वजनिक सेवामा पनि सुधार आवश्यकता रहेको उनले औँल्याए ।

उनले देशले परम्परागत राजनीतिक विचारधारालाई त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट भएर लाग्नुपर्ने बताए । देशको वर्तमान अवस्थालाई समाधान गर्ने जिम्मेवारी सदनका जनप्रतिनिधिको काँधमा रहेको प्रधानमन्त्रीले बताए ।

‘मलाई आशा छ कि तपाईं सबैले हामी र हाम्रो देशले सामना गरेको अवस्था बुझ्नुहुन्छ । देशलाई यो स्थितिबाट माथि उठाउने हो भने परम्परागत बाटोको विकल्पका रूपमा नयाँ बाटो खोज्नुपर्छ’, प्रधानमन्त्रीले भने, ‘हामीले हाम्रा परम्परागत राजनीतिक विचारधारालाई छोटो समयका लागि त्यागेर देशको पुनर्निर्माणका लागि एकजुट हुनुपर्छ । यस प्रयासमा सिंगो देशका जनताले भूमिका खेल्नुपर्छ । देशका लागि हामी सबैको भूमिका आवश्यक छ ।’

उनले अगाडि थपे, ‘हाम्रो मुख्य जोड यहाँ आर्थिक स्थायित्वमा हो । तर, आर्थिक स्थायित्व कायम गरेर मात्र यसबाट बाहिर आउन सक्दैन । हामीले हाम्रो देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न आवश्यक छ । ’

तर, १-२ दिनमै आर्थिक स्थायित्व सम्भव नहुने उनले  बताए । उनले अगाडि भने, ‘यो २-३ दिनमा गर्न सकिने कुरा होइन । यो चुनौती चमत्कारले गर्न सकिँदैन । नारा, जादू वा भावनाले होइन । बुद्धिमानीपूर्वक सोचेका परियोजनाहरू कार्यान्वयन गर्न कडा परिश्रम र समर्पण चाहिन्छ ।’

श्रीलंकाको केन्द्रीय बैंकका अनुसार सन् २०२२ मा श्रीलंकाको कुल गार्हस्थ्य उत्पादन माइनस ३ दशमलब ५ रहनेछ । त्यस्तै, अन्तर्राष्ट्रिय मुद्रा कोषले त झनै डरलाग्दो प्रक्षेपण गरेको छ । आईएमएफले श्रीलंकाको उत्पादन माइनस ६ दशमलब ५ प्रतिशत हुनेछ । 

युक्रेन युद्धको प्रभावका कारण अर्को वर्ष विश्वव्यापी अर्थतन्त्रको औसत राष्ट्रिय उत्पादन घट्नेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…