Khabarpato logo

         

सं‌सार

रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणीः पुटिन अनुमान गर्न माहिर व्यक्ति

एजेन्सी

एजेन्सी

रुसी राष्ट्रपतिबारे बाइडेनको टिप्पणीः पुटिन अनुमान गर्न माहिर व्यक्ति

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनको युद्धबाट बाहिर निस्कने बाटो नभएको टिप्पणी गरेका छन् । वासिङ्टनमा एक राजनीतिक कोषमा बोल्दै बाइडेनले पुटिन धेरै अनुमान गर्ने व्यक्ति भएको र अझै पनि किभको अवस्थाका बारेमा के गर्ने भनेर पत्ता लगाउन प्रयास गरिरहेको बताए । 

७९ वर्षीय पुटिनले युक्रेनमा आक्रमण गरेर उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) र युरोपेली युनियन (ईयू)लाई तोड्न सक्छ भन्ने विश्वास गरेर गल्ती गरेको बताए । युक्रेनलाई आफ्नो देश र लोकतन्त्रको रक्षा गर्न र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रूर युद्धविरुद्धको लडाइँमा  समर्थन गर्ने उनले बताए । 

युक्रेनलाई थप ३३ अर्ब डलर सहयोगका लागि राष्ट्रपति बाइडेनले स्वीकृति जनाइसकेका छन् । यसैबीच रुसी सेनाले पूर्वी खयुक्रेनमा आफ्नो हमला जारी राखेको छ । २४ फेब्रुअरीमा हमला गरेको रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको छ । 

रुसी हमलामा संयुक्त राष्ट्रसंघीय मानवअधिकार कार्यालय (ओएचसीएचआर)ले ३ हजार १५३ जनाको मृत्यु भएको जनाएको छ । युद्धमा मृत्यु हुनेको संख्या योभन्दा अझै बढी हुने अनुमान पनि ओएचसीएचआरले गरेकाे छ । 

अधिकांश पीडितहरू क्षेप्यास्त्र आक्रमण र हवाई हमलाहरू जस्ता विस्फोटक हतियारहरूबाट मारिएका जनाइएको छ । रुसले युक्रेनमा आफ्नो हमलालाई  युक्रेनलाई निशस्त्रीकरण गर्न र फाँसीवादीहरूबाट जोगाउनका लागि गरेकाे 'विशेष कारबाही' भनेको छ, जसलाई युक्रेन र पश्चिमाहरूले निराधार भनेका छन् । 

युद्ध अन्त्यका लागि दुवै पक्षबीच पटकपटक भएका वार्ता बिनानिष्कर्ष टुंगिएका छन् । युक्रेनले २ देशका राष्ट्रपति तहमा वार्ता हुनुपर्ने बताउँदै आएको छ । रुसले वार्ता र आक्रमण सँगसँगै लैजाने रणनीति लिएको पाइन्छ । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…