हामी किन युक्रेनका राष्ट्रपति भोलोदिभिर जेलेन्स्कीको प्रशंसा गरिरहेका छौँ ? यसको उत्तर यो प्रश्नभित्रै नै निहीत छ ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौँ किनभने कठिनभन्दा पनि कठिन, एकदमै असमान्य बाधाहरूको सामना गर्दा पनि जेलेन्स्की आफ्नो अडानबाट डगमगाएका छैनन् । यदि मान्छेमा साहस र आत्मविश्वास छ भने उसले आफ्नो पक्षमा बहुमत बनाउन सक्छ उनले प्रमाणित गरिदिएका छन् । आफ्नो देशप्रतिको प्रेम र सम्मान त्यस्तो गुण हो, जसलाई हामीले आफ्नै जोखिममा छाडेका हुन्छौँ भन्ने कुरा उनले सावित गरिदिएका छन् ।
उनलाई हामी माया गर्छौँ किनभने भौतिक रूपमा नै उपस्थिति भएर व्यक्तिगत रूपमा उदाहरण हुन सक्नुको शक्ति कस्तो हुन्छ भन्ने कुरा उनले दुनियाँलाई देखाइदिएका छन् । किनकि उनलाई राम्रोसँग थाहा छ- कसरी शब्दहरूले कर्म गर्नका लागि हामीलाई प्रेरित गर्न सक्छ, तिनीहरूलाई निश्चित आकार र उद्देश्य दिन्छ अनि तपाईँले गरेका कार्यहरूले शब्दहरूको अर्थ पुष्टि गर्छन् ।
हामी जेलेन्स्कीलाई सराहना किन पनि गर्छौँ भने उनले हाम्रा आफ्नै राजनीतिज्ञहरूमा यस्ता विशेषता भेटिनु कति दुर्लभ भएको छ भनेर हामीलाई सम्झाएका छन् । पश्चिमा राजनीतिमा राजनीतिज्ञको भूमिकामा भएका मानिसहरू अन्तकालमा सेलिब्रेटी बन्न पुग्छन् । त्यसको विपरीत जेलेन्स्की एक यस्ता अभिनेता थिए, जसले आफ्नो सेलिब्रिटी व्यक्तित्वलाई राजनीतिका लागि उपयोग गरेका छन् ।
हामी जेलेन्स्कीको प्रशंसा नगरी रहन सक्दैनौँ किनभने आफ्ना नागरिकहरूलाई युद्ध कतिसम्म खराब हुने सम्भावना छ भन्ने कठोर सत्य बताउन उनी हिच्किचाएका छैनन् । उनी आफ्ना शुभचिन्तकहरूलाई उनीहरूका शब्दहरू खोक्रो छन् भन्ने कुरा बुझाउँछन् र ती शुभचिन्तकहरूलाई शब्दमा भन्दा वास्तविकता समर्थन दिनुपर्ने बताउँछन् । साधारणतयाः हाम्रा नेताहरू जनताले जुन कुरा सुन्न चाहिरहेका हन्छन्, त्यही कुरा बोल्न माहिर छन् ।
पछिल्ला केही समययता उनले जेजस्ता परिस्थितिहरूको सामना गरे, त्यस कुराले पनि जेलेन्स्कीप्रति सम्मानभाव बढाएको छ । भ्लादिमिर पुटिनले न राष्ट्रको प्रतिनिधित्व गरेका छन्, न त कुनै उचित कारणकै, उनले केवल एक अधिनायकवादी चरित्रको प्रदर्शन गरिरहेका छन् । रुसका यी तानाशाहको नजरमा सत्य केवल शक्तिको सेवा गर्नका लागि बनेको हो । उनी यसै कुरामाथि विश्वास राख्छन् । र, जसले यसलाई ग्रहण गर्छ, उसको प्रचार गर्ने र नगर्नेहरूमाथि आतंक थोपर्ने गर्छन् । अन्ततः यो विचारको लक्ष्य शक्ति वा क्षेत्रको अधिग्रहण मात्र होइन, समग्र चेतनाको उन्मूलन गर्नु हो ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले स्वतन्त्र संसारको अवधारणालाई त्यसको उचित स्थानमा पुनर्स्थापित गरिदिएका छन् । ‘पश्चिमा समाज'ले भनेजस्तै स्वतन्त्र संसारको अर्थ केवल सांस्कृतिक अभिव्यक्ति होइन, ‘नाटो'ले भनेजस्तै सुरक्षाको अवधारणा मात्र पनि होइन अथवा यो कुनै आर्थिक विवरण नै हो । स्वतन्त्र संसारको सम्बन्ध भनेको यस्तो कुरा हो, जहाँ कुनै पनि राष्ट्रले आफ्ना नागरिकको अधिकारको रक्षा गर्न राज्यशक्ति पहिलो र प्रमुख हुन्छ भन्ने धारणा नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ ।
र, स्वतन्त्र संसारको जिम्मेवारी भनेको आक्रमण र अत्याचारबाट खतरामा परेका कुनै पनि सदस्यलाई सहयोग र रक्षा गर्नु हो । युक्रेनको मामला जस्तै, यो कुरा हामी सबैमा लागू हुनेछ ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले भन्ने सानाले आफूभन्दा निकै ठूलासँग भीडेर सत्यको पक्षमा लडेका २ यहुदी मिथकहरूः डेभिडले गोलियाथको सामना गरेको र मोसेसले फारोको सामना गरेको सत्यलाई मूर्त रूप दिएका छन् । उनी सीप र बौद्धिकता भएका चतुर ‘अन्डरडग' हुन् । र, उनी एक यस्ता अगमवक्ता हुन्, जो आफ्ना नागरिकमा ह्रास ल्याउने र उनीहरूलाई फँसाउनेविरुद्ध उठ्छन् । उनीहरूलाई कठिनाइहरूबाट आत्मनिर्णय, स्वतन्त्रता र नैतिकतामा आधारित राजनीतिक संस्कृतितर्फ डोहोर्याउन नेतृत्व गर्ने निर्णय गर्छन् ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनी लड्छन् । संवाद, कूटनीति र सम्झौतालाई महत्त्व दिने सभ्य समाजमा पक्कै पनि लडाइँ वा झगडा सद्गुण होइन । तर, संसार सधैँ सभ्य हुँदैन, त्यहाँ यस्ता विषयहरू छन्, जसका लागि सभ्य मानिसहरू र राष्ट्रहरू लड्न तयार हुनुपर्छ, यदि तिनीहरू नष्ट हुन चाहँदैनन् भने । जेलेन्स्की र युक्रेनका जनताले बाँकी स्वतन्त्र संसारलाई बुझाएका छन् कि यहाँका नागरिकहरूले आफ्नो इच्छाअनुसार उदार र प्रजातान्त्रिक विरासत लिएझैँ यसका शत्रुहरूले जोखिम लिन्छन् ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले प्रकृतिमा रहेका सबैभन्दा सुन्दर देवदूतहरूलाई हुर्काउनेछन् । उनको नेतृत्वले जो बाइडेनलाई राम्रो राष्ट्रपति, जर्मनीलाई राम्रो देश, नाटोलाई राम्रो गठबन्धन बनाएको छ । यसले संयुक्त राज्य अमेरिकाको धेरैजसो भागलाई अलगाववादी मूर्खहरूबाट उठायो, जसका कारण अमेरिका विस्तारै तलतिर झर्दै थियो । उनले युरोपका राजनीतिक र व्यापारिक वर्गलाई रुसको वंशबाट टाढा फासीवादतर्फ नजर लगाउन बन्द गर्न बाध्य तुल्याए । यसले स्वतन्त्र समाजहरूलाई सम्झायो कि कम्तीमा पनि यस्ता महत्त्वपूर्ण विषयहरूमा राजनीति अझै पनि महत्त्वपूर्ण केन्द्र हुन सक्छ ।
प्रजातान्त्रिक पद्धतिद्वारा निर्वाचित नेताका लागि योग्य मानव मापदण्ड के हो भनेर उदाहरण बन्न सकेकामा हामी जेलेन्स्कीको प्रशंसा गर्छौं । पत्रकारहरू, मन्त्रिपरिषद्का सदस्यहरू, विदेशी नेताहरू र आमनागरिकहरूसँगका सार्वजनिक मुठभेडहरू र पुटिनको अदालतको स्टालिनवादी गतिविधिहरूबीचको भिन्नतालाई ध्यान दिनुहोस् । रुसी शक्तिको जालोमा, हामी यसलाई चलाउने मानिसको क्षुद्रता देख्छौँ, एक तानाशाहको पागलपन र असुरक्षा देख्छौँ, जसलाई थाहा छ कि उसले एक दिन घोडाका लागि आफ्नो देशलाई नै बेच्न सक्छ ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने एउटा मानव कस्तो हुनुपर्छ भन्ने कुराको उनी उदाहरण हुन् । प्रभावकारी होइन, प्रभावशाली; घमण्ड होइन, आत्मविश्वास; अचम्मका बहानाबाजी होइन, बुद्धिमानी; निन्दनीय नभएर इमानदार; उनी एक साहसी हुन् किनभने उनी डराउँदैनन्, तर स्पष्ट विवेकका आधारमा अगाडि बढ्छन् । विशेषगरी अमेरिकी युवाहरू, पुरुषत्वमा के समावेश छ भन्ने बेतुकका धारणामा हुर्केका थिए, उनीहरूले जेलेन्स्कीको उदाहरणलाई पछ्याउन सक्नुपर्छ ।
हामी जेलेन्स्कीको प्रशंसा गर्छौं किनभने उनले हाम्रो आफ्नै समस्याग्रस्त लोकतन्त्रले अझै पनि हामीलाई प्रेरणा दिन, हामीलाई सम्मान गर्न र हाम्रो रक्षा गर्न सक्ने नेताहरू चयन गर्न सक्छ भन्ने कुराप्रति आशावादी हुन सिकाएका छन् ।
'न्युयोर्क टाइम्स'मा प्रकाशित आलेखको भावानुवाद ।
स्रोत: आईएनएस-स्वतन्त्र समाचार