Khabarpato logo

         

सं‌सार

किभको सैन्य हार्डवेयर कारखानामा रुसी हमला

एजेन्सी

एजेन्सी

किभको सैन्य हार्डवेयर कारखानामा रुसी हमला

युक्रेनको राजधानी किभमा रहेको एउटा सैन्य हार्डवेयर कारखानामा रुसी आक्रमण भएको छ । राजधानी किभबाहिर मिसाइल युनिटमा बम प्रहार गरेको एक दिनपछि सैन्य हार्डवेयर कारखानामा सो हमला भएको हो । किभका मेयर भिताली क्लित्सकोले दार्निर्स्की जिल्लामा विस्फोट भएको बताए । 

रुसी सेनाले हार्डवेयर कारखानामा आक्रमण गरेको रुसी रक्षा मन्त्रालयले शनिबार पुष्टि गरेको छ । ‘उच्च सटीक लामो दूरीको हतियारले किभमा हतियार प्लान्टका उत्पादन भवनहरू ध्वस्त पारेको छ’, रुसी रक्षा मन्त्रालयले टेलिग्राममा एक विज्ञप्तिमा भनेको छ ।

गत महिना किभ वरपरका क्षेत्रहरूबाट रुसी सेनाहरू फिर्ता भएपछि राजधानीमा भएको यो पहिलो हमला हो । रुसले आफ्नो सम्पूर्ण शक्ति पूर्वी दोनाबास क्षेत्रमा केन्द्रित गर्ने जनाएको छ । 

ब्ल्याक सीमा आफ्नो युद्धपोत जहाजमा ठूलो क्षति बेहोरोपछि रुसले ठूलो झड्का महसुस गरेको छ । समुद्री युद्धपोतलाई युक्रेनी सेनाले ध्वस्त बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनले युद्धपोतलाई मिसाइल आक्रमणको निशानामा परेको बताए पनि रुसले जहाजमा रहेको गोला बारुद विस्फोटका कारण आगलागी भएको दाबी गरेको छ ।

सोही हमलालाई लिएर रुसले तेस्रो विश्वयुद्ध सुरु भएको चेतावनी दिएको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…