Khabarpato logo

         

बहस

नेपाल-भारत सम्बन्ध सुधारको प्रयास : सीमा विवादबारे भारत मौन

एजेन्सी

एजेन्सी

नेपाल-भारत सम्बन्ध सुधारको प्रयास : सीमा विवादबारे भारत मौन
  • नयनिमा वासु, द प्रिन्ट

गत वर्ष लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाल-भारत सम्बन्धमा केही चिसोपना देखापरेको थियो । त्यसको २ वर्षपछि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले केही विकास आयोजनामा सहकार्यको घोषणा गर्दै आपसी सम्बन्ध सुधारको बाटो अपनाएका छन् ।

सीमा विवाद र नेपालमा बढ्दै गएको चिनियाँ प्रभावका कारण नेपाल-भारत सम्बन्धमा देखापरेको तिक्तता रेलमार्ग बिस्तार र विद्युत् कारोबार करिडोर निर्माण जस्ता आयोजनामार्फत सुधार्ने प्रयत्न भएको हो ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र नरेन्द्र मोदीबीचको द्विपक्षीय वार्तापछि ‘विद्युतीय क्षेत्र सहकार्य’का सम्बन्धमा साझा वक्तव्य जारी गरिएको थियो । रेलमार्ग बिस्तारलाई प्रधानमन्त्रीको भारत भ्रमणको सबैभन्दा ठूलो उपलब्धि मानिएको छ ।

‘नेपालको जलविद्युत् उत्पादन क्षमता उच्च रहेको अवस्थामा विद्युत् निर्यात सहकार्यमा २ देशबीच बृहत् सहमति हुनु महत्त्वपूर्ण छ । त्यसैले २ देशबीच विद्युत् व्यापार हाम्रो वार्ताको प्रमुख एजेन्डा हो’, मोदीलाई भेट्नुअघि हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले संचारकर्मीहरूसँग कुरा गर्दै भन्नुभएको थियो ।

‘जलविद्युत् उत्पादन, वितरण र अन्तर्राष्ट्रिय व्यापारमा द्विपक्षीय हित भएको विद्युत् क्षेत्र सहकार्यमा नेपाल-भारत संयुक्त संकल्प वक्तव्यले पनि मलाई खुसी बनाएको छ । नेपालबाट विद्युत् खरिद गर्ने प्रधानमन्त्री मोदीको प्रस्ताव मलाई स्वीकार्य छ’, प्रम देउवाले बताउनुभयो ।

विद्युत् क्षेत्र सहकार्य संकल्प दस्तावेजअनुसार अन्तर्राष्ट्रिय विद्युत् व्यापारसम्बन्धी नयाँ भारतीय नियमले नेपालका लागि भारतीय बजारको ढोका खोल्दै विद्युत् व्यापारका लागि मार्ग प्रशस्त गरेको छ ।

आपसी भेटवार्तामा प्रधानमन्त्रीद्वयले विद्युत् व्यापारमा दुवै देशसँग अभूतपूर्व अवसर भएको विचार व्यक्त गर्नुभयो । त्यसमा संयुक्त रूपमा जलविद्युत् आयोजनाहरूको निर्माण, अन्तरदेशीय प्रसारण लाइनको विकास र बिस्तार अनि २ देशको साझा हितका आधारमा २ तर्फी विद्युत् व्यापार पर्छन् ।

दुवै देशको बजार माग र आन्तरिक नियमन, राष्ट्रिय ग्रिडको सहकार्यसहित संचालनका साथै नयाँ सूचना, प्रविधि र अन्य जानकारी आदानप्रदानका लागि संस्थागत सहकार्यबारे पनि २ प्रधानमन्त्रीले वक्तव्यमार्फत जानकारी गराएका थिए ।

प्रधानमन्त्रीद्वयले शनिबार नै भारतीय ऋण सहयोगसहित ३ अर्ब २० करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको उद्घाटनसमेत गर्नुभएको थियो ।

‘नेपालमा जलविद्युत् विकास आयोजनामा भारतीय कम्पनीको सहभागिता बढाउनेबारे पनि हामीले सहमति गरेका छौँ । नेपालले अधिक भएको विद्युत् भारतलाई निर्यात गर्नु खुसीको कुरा हो । यसले नेपालको आर्थिक समुन्नतिमा सहयोग पुर्‍याउनेछ’, मोदीले बताउनुभयो ।

शनिवार २ प्रधानमन्त्रीले भारतको जयनगर र नेपालको कुर्थासम्म ३५ किलोमिटर लामो रेलमार्ग संचालनको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो ।

भारत सरकारको सहयोगमा साँघुरो रहेको लिकको पटरीलाई फराकिलो बनाउने उक्त आयोजना गत वर्ष अक्टोबरमा सम्पन्न भई भारतले नेपाललाई हस्तान्तरण गरेको थियो । तर, केही सुरक्षा मामिलाका कारण रेलमार्ग संचालनमा आउन सकेको थिएन ।

यसका साथै प्रधानमन्त्रीद्वयले संयुक्त रूपमा नेपालमा ‘रूपे’ कार्ड प्रयोग सुरु भएको घोषणासमेत गर्नुभयो । नेपालमा भारतीय पर्यटकको संख्या वृद्धि गर्न यो कार्ड धेरै उपयोगी हुने अपेक्षा गरिएको छ ।

नेपालको नयाँ नक्साबारे कुनै ठोस सहमति भएन

२ प्रधानमन्त्रीबीच भएको वार्तामा सीमा विवादबारे छलफल भए पनि केही नयाँ प्रगति भने हुन सकेन । यसका कारण नेपाल-भारतबीच पुनः विवाद उत्पन्न हुन सक्ने संभावना रहेको विश्लेषकहरूको राय छ ।

‘सीमा विवादबारे हामीले छलफल गर्‍यौँ र मैले उहाँलाई विद्यमान पद्धतिबाट समस्याको हल निकाल्न अनुरोध गरेको छु’, देउवाले वक्तव्य जारी गर्दै भन्नुभएको छ ।

नेपाल र भारतबीच रहेको खुला सीमानाकालाई केही खराब तत्त्वले दुरूपयोग गरिरहेको विषयमाथि पनि चर्चा भएको भारतीय प्रम मोदीले बताउनुभयो । ’‘हाम्रा सुरक्षा संयन्त्रबीच सहकार्य बढाउने कुरालाई पनि हामीले जोड दिएका छौँ’, उहाँले भन्नुभयो ।

यद्यपि, सन् २०२० मा नेपालले विवादित लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सा जारी गरेको बारे भारतका तर्फबाट हालसम्म कुनै आधिकारिक धारणा आएको छैन । प्रम देउवाले वार्ताका क्रममा यस विषयमा जिज्ञासा राखे पनि भारतीय समकक्षी मोदीले कुनै प्रतिक्रिया नदिएको बताइएको छ ।

‘छलफल र वार्ताबाट त्यो समस्याको हल खोजिनुपर्छ भन्ने आशय मैले पाएँ’, भारतीय विदेश सचिव हर्ष भी श्रींग्लाले संचार माध्यमलाई बताउनुभयो ।

‘२ पक्षबीच सानो छलफल भयो र त्यो समस्यालाई सम्बोधन गर्न वार्ता र छलफल गर्नुपर्ने महसुस भयो । त्यो हामी अवश्य गर्नेछौँ । २ मैत्री देश मिलेर त्यसको साझा हल निकाल्नेछन् भन्नेमा हामीलाई कुनै शंका छैन’, श्रींग्लाले थपे ।

सुस्ता र कालापानीको सीमा विवाद समाधान गर्नुपर्ने भारतले बताउँदै आए पनि २ नोभेम्बर २०१९ मा मोदी सरकारले जम्मु-काश्मिरसम्बन्धी भारतीय संविधानको धारा ३७० खारेज गरी नयाँ नक्सा जारी गरेपछि विवाद चुलियो । सो नक्सामा कालापानी उत्तराखण्डको अंश भएको देखाइएको छ ।

५ मे २०२० मा भारतीय रक्षामन्त्री राजनाथ सिँहले कैलाश मानसरोवर जाने नयाँ बाटो निर्माण गरेपछि स्थिति अझ बिग्रियो । सो बाटोले भारतको उत्तराखण्डस्थित पिथौरागढलाई लिपुलेकसँग जोड्छ, जसलाई नेपालले आफ्नो भूमि भएको दाबी गर्दै आएको छ ।

त्यसलगत्तै नेपालले नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई ११ मे २०२० मा परराष्ट्रमन्त्रीस्तरीय भर्चुअल वार्ता राख्न कूटनीतिक नोटमार्फत अनुरोध गर्‍यो तर भारतले सो अनुरोध स्वीकार गरेन ।

अन्त्यमा केपी शर्मा ओली नेतृत्वको नेपाल सरकारले सोही वर्षको २० मेमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नक्सा सार्वजनिक गर्‍यो, जसलाई भारतले सोझै अस्वीकार गरिदिएको थियो ।

अनुवाद : छत्र कार्की

स्रोत : आईएनएस-स्वतन्त्र समाचार

ताजा

सबै

एसीसी प्रिमियर कप : नेपाल र यूएई फाइनलमा

एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । कीर्तिपु…

पढाइ सुरु हुनुअघि नै हातहातमा पुस्तक पुर्‍याएको मन्त्री शर्माको दाबी

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालेयस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा प…

नेपाल र कुवेतबीचको खेलमा ओभर घटाइयो

वर्षाका कारण रोकिएको एसीसी प्रिमियर कपको नेपाल र कुवेतबीचको सेमिफाइनल खेल अब ४५ ओ…

मछिन्द्र र थ्री स्टार गोलरहित बराबरीमा

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलर…

लोकप्रिय

सबै

यो पनि

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…

राज्यका भार बनेका सेता हात्ती 'उप'हरू

राज्यका भार बनेका सेता हात्ती 'उप'हरू

कृष्ण तिमल्सिना संविधान कार्यान्वयनका क्रममा प्राप्त अनुभवका आधारमा केही खर्चिला तर राष्…