Khabarpato logo

         

सं‌सार

'ईयू सदस्यताका लागि युद्ध रोक्नुपर्छ'

एजेन्सी

एजेन्सी

'ईयू सदस्यताका लागि युद्ध रोक्नुपर्छ'

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला मंगलबार युरोपियन कमिसनका अध्यक्षले युक्रेनलाई युरोपियन युनियनको सदस्यकताका लागि युद्ध रोकिनुपर्ने बताएका छन् । उनले युक्रेनले युरोपियन युनियनको सदस्यताका लागि आग्रह गरेको प्रसंग उल्लेख गर्दै सो कुरा बताएका हुन् ।

उनले भनेका छन्, 'युक्रेनले युरोपियन युनियनको सदस्ताका लागि आग्रह गरेको छ, पक्कै पनि हामी यतिखेर युक्रेनसँग इतिहासमै सबैभन्दा धेरै नजिक भएका छौँ । तर पनि सदस्यता अघि नै त्यहाँ युद्ध रोकिनुपर्छ र यसका कारण हामीले अर्को चरणको प्रक्रिया सुरु गर्नेछौँ ।'

यता, रुसले युक्रेनमा हमला रोकेको छैन । गएको करिब हप्ता दिनयतादेखि रुसले युक्रेनमा हमला जारी नै राखेको बताइएको छ । रुस र युक्रेनका बीचमा पहिलो चरणको शान्ति वार्ता भएको छ । युक्रेन र बेलारुसबीचको सीमामा भएको सो वार्ताबाट कुनै निष्कर्ष भने निस्किएको छैन ।

रुसी र युक्रेनी अधिकारीहरूबीच पहिलो चरणको वार्ता सकिएको तर सो वार्ताले कुनै निष्कर्ष भने ननिकालेको अधिकारीहरूले जनाएका छन् । युक्रेनका अधिकारीहरूले नै यस वार्ताले त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् ।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोहीबमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने बताएका छन् । रुसले युक्रेनको राजधानी शहर किभका साथै अन्य आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरूमै गोलाबारी गरिरहेको बताइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…