Khabarpato logo

         

सं‌सार

'मेरो २ प्रतिशत सम्पत्तिले भोकमरी अन्त्य हुन्छ भने टेस्ला बेच्छु': एलन मस्क

एजेन्सी

एजेन्सी

'मेरो २ प्रतिशत सम्पत्तिले भोकमरी अन्त्य हुन्छ भने टेस्ला बेच्छु': एलन मस्क

विश्वका चर्चित धनाढ्य एलन मस्कले आफ्नो २ प्रतिशत सम्पत्तिले विश्वको भोकमरी समस्या समाधान हुन्छ भन्ने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको भनाइप्रति आश्चर्य व्यक्त गरेका छन् । सामाजिक संजाल ट्विटरमार्फत् मस्कले विश्व खाद्य कार्यक्रमले यसबारे थप स्पष्ट पार्नुपर्ने आग्रह गरेका छन् ।

यदि साँच्चिकै आफ्नो २ प्रतिशत सम्पत्तिले विश्वको भोकमरी अन्त्य हुन्छ भने टेस्लाको शेयर बेच्न आफू तयार रहेको समेत उनले स्पष्ट पारेका छन् ।

‘मेरो आम्दानीको २ प्रतिशत अर्थात् ६ बिलियन डलर (७२४ अर्ब)ले कसरी विश्वको भोकमरी अन्त्य हुन्छ भनी विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले यही ‘थ्रेड’मा स्पष्ट व्याख्या पार्नुपर्छ, त्यसो हो भने म अहिल्यै टेस्लाको शेयर बेचेर त्यो काम गर्छु । त्यसको लेखा प्रणालीचाहिँ एकदमै पारदर्शी हुनुपर्छ, रकम कसरी खर्च भएछ भनेर जनताले थाहा पाउनुपर्छ’, मस्कले ट्विटरमा लेखेका छन् । पछिल्लो विश्वका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बेजोसलाई उछिन्दै मस्क नम्बर एक धनाढ्य व्यक्ति बनेका छन् । 

केही दिनअघि औँलामा गन्न सकिने सर्वाधिक धनाढ्य व्यक्तिको कुल आम्दानीको केही अंशले विश्वको भोकमरी समस्या समाधान गर्न सकिने संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमका निर्देशकले बताएका थिए । विश्वका खर्बपतिहरूले एकचोटि आफ्नो आम्दानीको केही अंश खर्च गरेमा भोकमरीसँग जुध्न सहज हुने निर्देशक डेभिड बिस्लेले जनाएका थिए ।

‘भोकमरीले ग्रस्त विश्वका करिब ४ करोड २० लाख जनसंख्यालाई खुवाउनका लागि ७ खर्ब २१ अर्ब रुपैयाँ चाहिन्छ, यदि हामीले सहयोग गरेनौँ भने तिनीहरूको मृत्यु हुन्छ’, उनले भनेका थिए ।

टेस्लाका प्रमुख कार्यकारी मस्कको कुल सम्पत्ति २८९ बिलियन अमेरिकी डलर (३४७ खर्ब रुपैयाँ) रहेको ब्लुमवर्गले जनाएको छ । मस्कको यो रकमको केवल २ प्रतिशत रकम दान गर्न डब्लूएफपीका निर्देशक बिस्लेले आग्रह गरेका थिए । दक्षिण अफ्रिकामा जन्मिएका धनाढ्य व्यापारी मस्क अमेरिकामा बस्दै आएका छन् । डब्लुएफपीका निर्देशकको यही भनाइप्रति मस्कले आश्चर्य व्यक्त गर्दै जिज्ञासा राखेका हुन् । 

कोभिड- १९ को महामारी सुरु भएपछि अमेरिकी धनाढ्यहरूको आम्दानी दोब्बर भएको इन्स्टिच्युट फर पोलिसी स्टडिजले उल्लेख गरेको छ । बिस्लेका अनुसार कोभिड- १९ र जलवायु परिवर्तन जस्ता भयानक समस्याले गर्दा धेरैै मुलुकहरू भोकमरीको चपेटामा परेका छन् । यससँग जुध्नका लागि विश्वका खर्बपतिहरूले सहयोग गर्नुपर्ने उनको आग्रह छ ।

युद्धग्रस्त अफगानिस्तानको आधा जनसंख्या अर्थात् २ करोड २८ लाख मानिसले एकदमै गम्भीर भोकमरी समस्या सामना गर्नुपरेको विश्व खाद्य कार्यक्रमले सोमबार जारी गरेको रिपोर्टमा उल्लेख छ । बढ्दो बेरोजगारी र तरलता अभावले गर्दा विभिन्न मुलुकले मानवीय संकटको सामना गरिरहेका छन् । रिपोर्टका अनुसार अफगानिस्तानका ५ वर्षमुनिका ३२ लाख बालबालिका जोखिममा छन् ।  

(एजेन्सीको सहयोगमा न्युज कारखानाले तयार पारेको सामग्री)

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…