Khabarpato logo

         

सं‌सार

विश्वमा आजः ७ अर्ब जनसंख्याको विश्वदेखि इन्दिरा गान्धीको हत्यासम्म

एजेन्सी

एजेन्सी

विश्वमा आजः ७ अर्ब जनसंख्याको विश्वदेखि इन्दिरा गान्धीको हत्यासम्म

आज ३१ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही महत्त्वपूर्ण विश्व घटनाः 

७ अर्ब जनसंख्याको विश्व
सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या ७ अर्ब पुगेको थियो । राष्ट्रसंघको जनसंख्या कोषले सन् २०११ को १ नोभेम्बरलाई ७ अर्बको जनसंख्या भएको दिनको रूपमा स्मरण गर्छ । 

इजिप्टको विमान दुर्घटना
सन् १९९९ मा आजकै दिन इजिप्ट एयरको फ्लाइट ९९० दुर्घटनामा परेको थियो । अमेरिकाको पूर्वी तटमा भएको सो दुर्घटनामा विमानमा सवार सबै २१७ जनाको मृत्यु भएको थियो । 

क्याथोलिक चर्चको पश्चात्ताप
सन् १९९२ मा क्याथोलिक चर्चका तत्कालीन धर्म गुरु पोप जोन पल द्वितीयले क्याथोलिक चर्चले गल्ती गरेको भन्दै पश्चात्ताप व्यक्त गरेका थिए । १७औँ शताब्दीमा ग्यालिलियो ग्यालिलीलाई चर्चले गरेको व्यवहार खेदजनक भएको जोन पलले स्वीकारेका थिए । 

इन्दिरा गान्धीको हत्या
सन् १९८४ का भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो । गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए । उनको हत्यापछि राजधानी नयाँ दिल्लीलगायत भारतका विभिन्न स्थानमा भड्किएको हिंसामा हजारौँ शिख मारिएका थिए ।

एकीकृत अगाडिको दक्षिण यमन 
सन् १९७८ मा जनगणतन्त्र यमनले आफ्नो संविधान लागू गरेको थियो । सन् १९९० मा दक्षिण यमन उत्तर यमनसँग एकीकृत भई अहिलेको यमन बनेको हो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…