Khabarpato logo

         

सं‌सार

'अफगानिस्तानमा आईएसको पत्तासाफ हुन्छ'

एजेन्सी

एजेन्सी

'अफगानिस्तानमा आईएसको पत्तासाफ हुन्छ'

केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरुको शब भेटिन्थ्यो । कसैलाई हातखुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्डाइन्थ्यो ।

हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो । अनि त्यहाँ लेखिएको हुन्थ्यो–अतिवादी मुस्लिम समूह आईएसको सदस्यबिरुद्ध सरकारलाई गुप्तर गरेको अभियोगमा भौतिक कारबाही । 

ती त्रासदीपूर्ण हमलाको जिम्मा कसैले लिदैनथ्यो । बरु त्यस्ता गैरन्यायिक हत्यामा तालिवानको संलग्नता रहेको आशंका गरिन्थ्यो । किनकी अफगानिस्तानमा आइएसको तुलनामा तालिवानकै दबदबा थियो । तर, अहिले परिस्थिति भिन्न छ ।  

तालिवानको सत्तापलटपछि अफगानिस्तान तुलनात्मक रुपमा ‘शान्त’ छ । तर, कतिपय स्थानमा आईएसले आफ्नो प्रभाव देखाउन हिंसात्मक हमला गरेका छन् । आईएसलाई ‘निर्मूल’ गर्ने तालिवानले अठोट गरेको छ । 

पछिल्लो समयमा जलालाबादमा तालिवान आईएसमाथिको दमनमा उत्रिएको छ । स्थानीय स्तरमा ‘दायस’ भनिने आइएसले अहिले पनि तालिवान शैलीमा आक्रमण गरेर भाग्न थालेका छन् । 

आईएस र तालिवानबीच एक अर्कोमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । आइएसले तालिवानलाई आफ्नो अडान छोडेको आरोप लगाएको छ भने तालिवानले ‘जघन्य हत्या’ मा उत्रिएको बताएको छ । 

नानगरहार प्रान्तका तालिवान गुप्तर सेवाका प्रमुख डा. बशिरले आईएसलाई सो प्रान्तबाट पत्तासाफ गर्न थालेको बताउँछन् । तालिवानले सयौं आईएस लडाकु पक्राउ गरेको उनको भनाई छ । 

डा. बशिर र सम्पूर्ण तालिवानले नै अफगानिस्तानमा आईएसको पकड गुम्दै गएको बताउँछन् । अफगानिस्तानको युद्ध अन्त्य भएको र देश शान्तिको पथमा हिडिसकेको तालिवानको दाबी छ । अब अफगानिस्तानमा आईएसको अस्थित्व समाप्त पार्ने डा. बशिरको दाबी छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…