Khabarpato logo

         

सं‌सार

प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न यस्तो छ चीनको रणनीति

एजेन्सी

एजेन्सी

प्रशान्त महासागरमा अमेरिकी बन्दरगाह ध्वस्त पार्न यस्तो छ चीनको रणनीति

चीनले पहिलो पटक समुद्रभित्र बिस्फोटक परीक्षण गरेको छ । अमेरिकासँग वास्तविक युद्ध भएमा उसको बन्दरगाह ध्वस्त पार्न यस्तो परीक्षण गरिएको बेइजिङले जनाएको छ । परीक्षण गरिएको पछिल्लो प्रविधिप्रति वासिंगटनले चासो देखाएको छ ।

यसअघि चीनले शत्रु मुलुकको लडाकु विमान ध्वस्त पार्ने रकेट र आवाजभन्दा चाँडो पुग्ने स्याटलाइट परीक्षण गरेको थियो ।

एउटा नक्कली बन्दरगाहलाई निशाना बनाएर समुद्रभित्र गरिएको परीक्षणमा ठूलो बिस्फोट भएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

प्रशान्त महासागरमा अमेरिकी गतिविधिलाई निशाना बनाउन तथा शत्रुको संभाव्य हमलाबाट हुने क्षति न्यून गर्न पछिल्लो परीक्षण गरिएको सो पत्रिकाले जनाएको छ । यस्तो हमलाले शत्रुको विमानलाई समुद्रमा तैरिरहन जोगाउने उपकरणलाई क्षति पुर्‍याउने चीनको दाबी छ ।  

‘बन्दरगाहमा आक्रमणसँगै शत्रुको उपकरण कमजोर बनाउने र लडाकु फौजलाई तितरबितर बनाउनेछ’, चीनका एक सैन्य विज्ञले भने ।

तर, चीनले परीक्षण गरेको सो प्रविधि अन्य स्याटलाइट कब्जा गर्न पनि प्रयोग हुने अमेरिकाको भनाई छ । बेइजिङले जुलाई र अगस्टमा पनि आणविकयुक्त हतियार परीक्षण गरेको थियो । गुप्तचर स्रोतको चुहावटपछि मात्र यसै साता त्यसको खुलासा भएको थियो । 

यसअघि चीनले परीक्षण गरेको उपकरणले तीब्र गतिमा पृथ्वीको परिक्रमा गरी मार हान्न सक्ने जनाइएको थियो । सो उपकरणलाई शत्रुको रक्षा प्रणाली ध्वस्त पार्ने सोभियत युनियनकालीन समयका आणविक प्रणाली एफओबीएससँग तुलना गरिएको छ । 

परीक्षण स्वीकार गरे पनि त्यसमा आणविक हतियार जडान नगरिएको बेइजिङले जनाएको छ ।

एक साताअघि राष्ट्रपति सी जिनपिङले हतियार विकासमा नयाँ आधार तोडेर विश्वकै एक नम्बरको सेना बनाउन चिनियाँ वैज्ञानिकहरूलाई निर्देशन दिएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…