Khabarpato logo

         

सं‌सार

हिलारीकी सहयोगी भन्छन्: 'चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो'

एजेन्सी

एजेन्सी

हिलारीकी सहयोगी भन्छन्: 'चुम्बनपछि मेरो मुखभित्र उसले जिब्रो राख्यो'

अमेरिकामा डेमोक्र्याटिक पार्टी नेतृ तथा पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनकी एक निकट सहयोगीले अमेरिकाका एक सिनेटरले आफूलाई यौन दुर्व्यवहार गरेको खुलासा गरेकी छिन् ।

हिलारीकी सहयोगी हुमा अबेदिनले एक राजनीतिज्ञले सन् २००० को मध्यतिर आफूलाई घरमा बोलाएर सोफामा यौन दुर्व्यवहार गरेको बताएकी हुन् । 

सोफामा आफूसँग टाँसिएर सिनेटरले चुम्बन गर्न खोजेको र आफू घरबाट भागेको हुमाले आरोप लगाएकी छन् । आफ्नो पुस्तक बोथ/एन्डः अ लाइफ इन मेनी वर्ल्ड्समा उनले यस्तो आरोप लगाएकी हुन् । सो पुस्तक अर्को साता प्रकाशन हुँदै छ । 

चिया खाने क्रममा सिनेटरले गरेको दुर्व्यवहारलाई उनले पुस्तकमा यसरी उल्लेख गरेकी छन्, ‘उसले मतर्फ तन्किएर मेरो काँधमाथि बायाँ हात राख्यो र चुम्बन गर्‍यो र मेरो मुखभित्र जिब्रो राखेर यौन दुर्व्यवहार गर्‍यो । 

हुमा हिलारीकी नजिककी विश्वास पात्र हुन् । हुमालाई क्लिन्टनले एक पटक आफ्नी दोस्रो छोरी भनेकी थिइन् । क्लिन्टन सिनेटर हुँदा उनको कार्यबारे वर्णन गर्दा आफूमाथि यौन दुर्व्यवहार भएको उनले उल्लेख गरेकी छन् । 

४५ वर्षीया हुमाले दुर्व्यवहार गर्ने सिनेटरको नाम र पार्टीमा उनको आबद्धताबारे केही खुलाएकी छैनन् । 

वासिंगटनमा आयोजित डिनरपछि आफू ती सिनेटरसँग बाहिर निस्किएर उनको घरमा पुगेको उनले उल्लेख गरेकी छन् । त्यसपछि सिनेटरले गरेको चिया खाने प्रस्ताव उनले स्वीकार गरेका थिए ।

ताजा

सबै

कक्षा १२ को नतिजा प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशनगरेको छ ।शुक्रबार बिहान बसे…

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारक…

देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन गर्न कार्यदल गठन

राष्ट्रिय भेला आयोजना गर्ने तयारी गरेको नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्न…

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप

नेपाली कांग्रेस महोत्तरी- ३ को अधिवेशनमा झडप भएकाे छ । जारी क्षेत्रीय अधिवेशनको बन्द…

लोकप्रिय

सबै

एमाले उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । चितवन…

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

नेकपा एमालेको १०औँ महाधिवेशनबाट ५ जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवे…

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला१०० रुपैयाँले घटेर ९१ हजार ९०० र…

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

राष्ट्रिय खेलकुद परिषद्(राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको…

यो पनि

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारक…

बेलारुसका राष्ट्रपति भन्छन्: 'क्रिमिया मेरो हो'

बेलारुसका राष्ट्रपति भन्छन्: 'क्रिमिया मेरो हो'

बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्काेले रसियामा गाभिएकाे क्रिमिया प्रायद्वीप अाफ्…

विश्वका १०० मध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनका मात्र

विश्वका १०० मध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनका मात्र

विश्वका १०० वटा प्रदूषित शहरमध्ये ९४ प्रदूषित शहर भारत, पाकिस्तान र चीनमा छन् । विश्वक…

भारतसँगको सीमामा चीनको क्रुज मिसाइल जडित बमबर्षक हतियार

भारतसँगको सीमामा चीनको क्रुज मिसाइल जडित बमबर्षक हतियार

चीनले भारतसँगको सीमामा बमबर्षक हतियार परिचालन गरेको विवरण सार्वजनिक भएको छ । चीन …