Khabarpato logo

         

सं‌सार

जापानमा संसद् बिघटन, ३१ अक्टोबरमा निर्वाचन

एजेन्सी

एजेन्सी

जापानमा संसद् बिघटन, ३१ अक्टोबरमा निर्वाचन

जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले त्यहाँको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ बिघटन गर्दै यस महिनाको अन्तमा निर्वाचन घोषणा गरेका छन् । उनी दुई साताअघि मात्र जापानको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । आगामी ३१ अक्टोबरमा निर्वाचनको मिति तोकिएको छ । 

किशिदाले नेतृत्व गरेको सत्तारुढ लिबरल डेमोक्रयाटि पार्टीले निर्वाचनमा बहुमत ल्याउन सक्ने अनुमान गरिएको छ । हालै जापानमा कोभिड संक्रमणका घटनामा कमी आएको छ र त्यसको जस डेमोक्रयाटिक पार्टीले लिदै आएको छ ।  

विश्वयुद्धपछि जापानको इतिहासमा संसदको कार्यकाल समाप्त भएर निर्वाचन घोषणा गरिएको यो पहिलो पटक हो । संसद विघटन र निर्वाचन मितिको समय अन्तर दुई साता मात्र छ । 

तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभका सभामुख टाडामोरी ओसिमाले संसदको वैठकपछि बिघटन गरिएको घोषणा गरेका थिए । सभामुखको घोषणपछि सांसदहरु कुर्चीबाट उठेर खुसीको ताली बजाएका थिए । आगामी मंगलबारदेखि औपचारिक रुपमा निर्वाचन प्रचार सुरु हुनेछ । 

यसअघि किशिदाले एलडीपीका सदस्यलाई समर्थन गर्न अनुरोध गरेका थिए । 

प्रमुख विपक्षी दल कन्स्टिच्युसनल डेमोक्रयाटिक पार्टी अफ जापानका नेता युकिओ इदानोले सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी कदम नचालेको आरोप लागाउँदै आएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…