Khabarpato logo

         

सं‌सार

फिलिपिन्समा पूर्वतानाशाहका छोराले राष्ट्रपतिमा उम्मेदवारी दिने

एजेन्सी

एजेन्सी

फिलिपिन्समा पूर्वतानाशाहका छोराले राष्ट्रपतिमा उम्मेदवारी दिने

फिलिपिन्समा आगामी वर्ष हुने निर्वाचनमा पूर्वतानशाह फर्डिनान्ड म्याक्रोसका छोराले राष्ट्रपतिको उम्मेदवारी दिने घोषणा गरेका छन् । फर्डिनान्ड म्याक्रोस जुनियरले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोाषणा गरेका हुन् । बङबङ नामले समेत चिनिने म्याक्रोसले फेसबुकमा एउटा भिडियो पोस्ट गर्दै सो जानाकारी दिएका हुन् । 

६४ वर्षीय म्याक्रोस वर्तमान राष्ट्रपति रोड्रिगो दुतेर्तेका साथीसमेत हुन् । म्याक्रोसका बाबुले फिलिपिन्समा २० वर्षसम्म शासन गरेका थिए । उनलाई सन् १९८६ मा सत्ताच्युत गरिएको थियो । 

आफ्नो दोस्रो कार्यकाल समाप्त हुन एक वर्ष बाँकी हुँदा म्याक्रोसले सन् १९७२ मा फिलिपिन्सलाई मार्शल कानुन लागू गरेर तानाशाही शासन संचालन गरेका थिए । 

उनले संसद विघटन गरिदिए, राजनीतिक प्रतिद्वन्द्वीलाई पक्राउ गर्ने आदेश दिए र फिलिपिन्समा विभिन्न आदेश र अध्यादेशका भरमा सत्ता चलाए । उनको शासनकालमा धेरै मानिसको गैरन्यायिक हत्या हुनुका साथै विरोधीमाथि चरम यातना दिइएको थियो । 

अन्त्यमा सेनाको समर्थन रहेको ‘जनआन्दोलन’ले उनलाई सत्ताच्युत गरेको थियो । हवाईमा निर्वासनमा रहेका बेला सन् १९८९ मा उनको मृत्यु भएको थियो । मार्कोस जुनियर पूर्वराष्ट्रपतिका एक मात्र छोरा हुन् । 

उनी सन् २०१० देखि सन् २०१६ सम्म सिनेटर थिए । सन् २०१६ मा सम्पन्न उपराष्ट्रपति निर्वाचनमा उनी झिनो मतान्तरले पराजित भएका थिए । 

यसअघि फिलिपिन्सका राष्ट्रपतिकी छोरीले पनि आफ्नो उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । एक कार्यकाल पूरा गरेपछि लगातार अर्को पटक राष्ट्रपतिको उम्मेदवारी दिन फिलिपिन्सको कानुनले रोक लगाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…