Khabarpato logo

         

सं‌सार

ट्युनिसियाले पायो पहिलो महिला प्रधानमन्त्री

एजेन्सी

एजेन्सी

ट्युनिसियाले पायो पहिलो महिला प्रधानमन्त्री

ट्युनिसियाले पहिलो महिला प्रधानमन्त्री पाएको छ । राष्ट्रपति कैस सइदले  नाज्ला बउडेनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । ‘गणतन्त्र ट्युनिसियाका राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई तत्कालै सरकार गठनका लागि आह्वान गर्नुभएको छ', राष्ट्रपतिको कार्यलयले एक विज्ञप्तिमा भनेको छ । 

सइदले यही २५ जुलाईमा हिचेम मेचिचीको सरकार अपदस्थ गरी संसद विघटन गरेका थिए । कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबीच राष्ट्रपतिले तानाशाही कदम चालेका थिए । त्यसपछि उनले विभिन्न आदेश जारी गर्दै शासन संचालन गरेका छन् । 

राष्ट्रपतिको कार्यलयले सार्वजनिक गरेको एउटा भिडियोमा सरकार गठनका लागि बउडेनले राष्ट्रपतिसँग छलफल गरेको देखिन्छ । उनले सरकारको नेतृत्व महिलाले गर्नुपर्ने बताउँदै आएका छन् । नयाँ सरकारले भ्रष्टाचार निर्मूल र विभिन्न संस्थाहरूमा देखिएको उथलपुथल अन्त्य गर्नुपर्ने बताएका छन् । 

प्रजातान्त्रिक संक्रमणकालको अन्तर्राष्ट्रिय समुदायले प्रशंसा गरेको छ । तर, प्रायः ट्युनिसियालीले आफ्नो जीवनस्तरमा खासै सकरात्मक परिवर्तन अनुभूति गर्न सकेका छनैन् । भ्रष्ट राजनीतिक संरचनाका कारण कतिपय नागरिकमा वितृष्णा पैदा भएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…