Khabarpato logo

         

सं‌सार

आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न अमेरिकाले गरायो सचेत

न्युज कारखाना

न्युज कारखाना

आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न अमेरिकाले गरायो सचेत

अमेरिकाले आफ्ना नागरिकलाई काबुल विमानस्थल छाड्न सचेत गरेको छ । अतिवादी मुस्लिम समूह इस्लामिक स्टेट (आईएस)ले कुनै पनि बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले आफ्ना नागरिकलाई यस्तो सचेत गराएको हो । विमानस्थल गेटबाहिर आईएसले जुनसुकै बेला अमेरिकी नागरिकमाथि हमला गर्न सक्ने वासिङ्टनको अनुमान छ ।

विमानस्थलमा बढिरहेको भीडभाडबारे अनुगमन गरेको र वैकल्पिक मार्गबारे खोजी भइरहेको अमेरिकी रक्षा मन्त्रायलयका अधिकारीले बताएका छन् । 

आईएसको संभावित हमलाको जोखिमबारे थप विवरण सार्वजनिक गरिएको छैन । त्यस्तै, सो समूहले पनि काबुलमा हमला गर्ने चेतावनी अहिलेसम्म सार्वजनिक रूपमा दिएको छैन । 

विमानस्थल टर्मिनलबाहिर हिंसात्मक झडप भइरहेका बेला अमेरिकी सरकारले आफ्ना नागरिकलाई सचेत गराएको हो । केही दिनअघि मात्र हजारौँ मानिस देश छाडेर जाने क्रममा विमानस्थलमा भागदौड हुँदा केहीको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो । बेलायतको रक्षा मन्त्रालयका अनुसार सो भागदौडमा ७ जनाको मृत्यु भएको थियो ।

काबुल विमानस्थलको सट्टा वैकल्पिक मार्ग खोजी भइरहेको विमानस्थलको भिडबारे अनुगमन गरेको अमेरिकी रक्षा मन्त्रायलयका अधिकारीको भनाइ छ ।

अमेरिकी सेनासँगै देश छाडेर जान चाहने अफगान नागरिकहरूको बढ्दो चापका कारण काबुल विमानस्थलमा भिड बढेको छ । अमेरिकी सेनासँग काम गरेका तथा अफगानिस्तानमा मानवअधिकारको पक्षमा वकालत गरेका कतिपय अफगानीहरू आफूहरूमाथि तालिबानले बदला लिन सक्ने आशंकामा देश छाड्न आत्तुर छन् । 

तालिबानले सत्ता कब्जा गरेपछि २ हजार ५०० अमेरिकी नागरिकसहित १७ हजार मानिस स्वदेश फर्किएका छन् । हजारौँ मानिस स्वदेश फर्किन विमानस्थलमा बसिरहेका छन् । आफूसँगै अमेरिका जान चाहने अमेरिकीमाथि दुर्व्यवहार भएको अमेरिकी अधिकारीले बताएका छन् । विमानस्थल जाने क्रममा उनीहरूमाथि कुटपिट भएको छ । 

हिंसाका घटना बढ्न थालेपछि अमेरिकी विदेश मन्त्रालयले भिड नगर्न अनुरोध गरेको छ । काबुलबाट कसरी सुरक्षित यात्रा गर्ने बारेमा मन्त्रालयल आफ्ना नागरिकलाई निर्देशन जारी गरेको मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

त्यस्तै, अन्य देशले पनि आफ्ना नागरिकलाई सचेत रहन आग्रह गरेको छ । काबुल विमानस्थल जोखिममा रहेको र विमानस्थलको पहुँचमा कडाइ गरिएको स्विट्जरल्यान्डको विदेश मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा विमानस्थलको सुरक्षा अवस्था दयनीय रहेको पनि मन्त्रालयले जनाएको छ । असुरक्षा दर्शाउँदै स्विट्जरल्यान्डले काबुलका चार्टर्ड उडान स्थगित गरेको छ । 

हाल अमेरिकी फौजले अन्तर्राष्ट्रिय विमानस्थल नियन्त्रणमा लिएको छ । अमेरिकाले आफ्ना र अन्य देशका नागरिकलाई स्वदेश फर्काउन सहयोग गरिरहेको छ । अमेरिकाले ३१ अगस्टसम्म आफ्ना सबै नागरिक स्वदेश फिर्ता गर्ने बताएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…