Khabarpato logo

         

सं‌सार

तालिबानद्वारा ६ वटा शहर कब्जा

न्युज कारखाना

न्युज कारखाना

तालिबानद्वारा ६ वटा शहर कब्जा

अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा कब्जा जमाउन थालेका छन् । पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्त कब्जा गरिरहेको बताएका हुन् । 

उनीहरूका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले ६ वटा प्रान्तीय राजधानीमा कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ । उनीहरूले कब्जा गरेकामध्ये कुन्दुज पनि एक हो । यो प्रान्त कब्जा गरेको घटनालाई तालिबानले निकै महत्त्वपूर्ण रहेको भनेका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा बिग्रँदो अवस्थाबीच युद्धबिरामका लागि पनि केही अन्तर्राष्ट्रिय अपिल भएकामा त्यसलाई तालिबान विद्रोहीले अस्वीकार गरेको छ । तालिबानले पछिल्लो समय अफगानिस्तानमा एकपछि अर्को मुख्य शहर कब्जा जमाइरहेकाले पनि यस अपिललाई अब आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

पछिल्ला दिनमा तालिबानले अफगानिस्तानमा हमलाका घटना बढाएका छन् । यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीले यी हमलामा कैयौँ मानिसको ज्यान गएको बताएका छन् ।

तालिबानले अमेरिकालाई अफगानिस्तानमा थप कारबाही नगर्न चेतावनी दिएका छन् । उत्तरी अफगानिस्तानका ३ वटा शहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको खबर बाहिर आएपछि अमेरिकी सेनाले हवाई हमला गरेको थियो । कुन्दुजको स्थिति निकै अशान्त रहेको बताइएको छ । सामाजिक संजालमा तालिबान लडाकु कुन्दुज र सर-ए-पुलको सरकारी भवनमा प्रवेश गरेको बताइएको छ ।

यता, अफगान सरकारी सुरक्षा बलले भने अझै पनि कुन्दुजमा तालिबानसँग संघर्ष गरिरहेको पाइएको छ । तालिबानका अधिकारीले उनीहरूले बागलान प्रान्तको राजधानी पुल-ए-खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…