Khabarpato logo

         

सं‌सार

इरानमा कट्टरपन्थी इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित, अन्तर्राष्ट्रिय समुदायको चासो

एजेन्सी

एजेन्सी

इरानमा कट्टरपन्थी इब्राहिम रइसी राष्ट्रपतिमा निर्वाचित, अन्तर्राष्ट्रिय समुदायको चासो

इरानमा नयाँ राष्ट्रपतिका रुपमा इब्राहिम रइसी निर्वाचित भएका छन् । रइसीलाई आइतबार इरानको नयाँ राष्ट्रपतिय चुनावको विजेता घोषणा गरिएको थियो।

कट्टरपन्थी नेता रइसी इराकको राष्ट्रपति पदमा निर्वाचित भएपछि इजरायललगायत अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो देखाएका छन् ।

इजरायली विदेश मन्त्रालयका एक प्रवक्ता लिओर हैअतलाई उदृत गर्दै बिबिसीले जनाएअनुसार इरानमा इब्राहिम रइसीलाई नयाँ राष्ट्रपतिमा निर्वाचित भएको चुनावलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीर चासो दिनुपर्ने बताएको छ । ती प्रवक्ताले नयाँ राष्ट्रपतिले इरानको आणविक गतिविधिहरू बढाउने भन्दै सजग गराएका छन् ।

इरानका सर्वोच्च नेतापछि राष्ट्रपति दोस्रो वरीयतामा रहन्छन् । राज्यसम्बन्धी सम्पूर्ण मामिलामा अन्तिम निर्णय सर्वोच्च नेता आयातोल्लाह अलि खामेनेईको हुने भए तापनि राष्ट्रपतिको आन्तरिक र वैदेशिक मामिलामा महत्त्वपूर्ण प्रभाव हुन्छ ।

रइसीले अगस्ट महिनाबाट पदभार सम्हाल्नेछन् । आलोचकहरुले इरानको चुनावको ढाँचा रइसीले जित्ने गरी बनाइएको आरोप लगाएका छन् ।

हाल इरानका प्रधानन्यायाधीश रहेका रइसी अतिरूढिवादी विचार राख्ने व्यक्तिमा गनिन्छन् ।

प्रवक्ता हैयतले ट्वीट गर्दै रइसीसँग सन् १९८८ मा हजारौँ राजनीतिक बन्दीहरूलाई मारिएको सन्दर्भ जोडेर उनलाई 'तेहरानको निर्दयी हत्यारा' भनेका छन् ।

'मृत्युदण्डसम्बन्धी समिति'का चारमध्ये एक न्यायाधीश रइसीले पाँच हजार पुरुष तथा महिलालाई मृत्युदण्ड दिएको एमनेस्टी इन्टर्नेशनलको भनाइ छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सिरिया, इराक, टर्की र यूएईका नेताहरूले रइसीलाई बधाई दिँदै आफूहरूबीचको परम्परागत रूपमा रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई स्मरण गरेका छन् ।

मानव अधिकारवादी समूहहरूले भने रइसीमाथि अमानवीय अत्याचारको कसीमा अनुसन्धान हुनुपर्ने बताएका छन् ।

इरानले सामूहिक मृत्युदण्ड दिइएको आरोप स्वीकार गरेको छैन । रइसीले पनि उनीमाथि लागेको आरोपबारे सफाइ दिई नसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…