Khabarpato logo

         

सं‌सार

अमेरिकाले २ वर्षभित्र अन्य मुलुकलाई ५० करोड मात्रा खोप उपलब्ध गराउने

एजेन्सी

एजेन्सी

अमेरिकाले २ वर्षभित्र अन्य मुलुकलाई ५० करोड मात्रा खोप उपलब्ध गराउने

अमेरिकाले २ वर्षभित्र करिब १०० वटा देशलाई ५० करोड फाइजर खोपको मात्रा उपलब्ध गराउने जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले उक्त मात्रामा खोप उपलब्ध गराउने अमेरिकाका संचार माध्यमहरूले जनाएका छन् ।

गरिब देशहरूमा कोरोना भाइरसविरुद्धको खोपको दर वृद्धिका लागि सघाउन अमेरिकामाथि दबाब परिरहेका बेला उक्त निर्णय सार्वजनिक भएको हो । स्रोतका अनुसार यस वर्षभित्र २० करोड खोपको मात्रा वितरण गरिनेछ भने बाँकी सन् २०२२ मा वितरण गरिनेछ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी सरकारले ९२ वटा कम आय भएका देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्नेछ ।

सो खोप कोभ्याक्स कार्यक्रममार्फत वितरण गरिने जनाएको छ । गत वर्ष स्थापित कोभ्याक्सले धनी र गरिब देशहरूबीच खोपको पहुँचमा विभेद नहोस् भन्ने आवाज उठाउँदै आएको छ ।

यसअघि अमेरिकाले कोभ्याक्समार्फत मात्र ६ करोड मात्रा खोप उपलब्ध गराउने घोषणा गरेको भए तापनि अमेरिकी राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमणको सुरुवात गर्दै बाइडन यूकेमा ओर्लिएपछि खोपसम्बन्धी पछिल्ला खबरहरू सार्वजनिक भएका हुन् ।

यद्यपि, ह्वाइट हाउसले भने ५० करोड खोपको वितरणका सम्बन्धमा आधिकारिक रूपमा केही नबताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…