Khabarpato logo

         

सं‌सार

इजरायल-प्यालेस्टाइनबीच हिंसा बढ्दै, इजरायलका प्रधानमन्त्री नेतन्याहुको 'कारबाही जारी राख्ने' भनाइ

एजेन्सी

एजेन्सी

इजरायल-प्यालेस्टाइनबीच हिंसा बढ्दै, इजरायलका प्रधानमन्त्री नेतन्याहुको 'कारबाही जारी राख्ने' भनाइ

इजरायल र प्यालेस्टाइनबीचको संघर्ष केही दिन यता अझ हिंसात्मक हुँदै गएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले द्वन्द चर्किएको सातौं दिन पुग्दै गर्दा रकेट आक्रमणप्रति कडा प्रतिक्रिया दिइने चेतावनी दिएका छन् ।

गत सोमवार लडाइ शुरू भए यता गाजामा कम्तीमा १४८ जना मानिसहरूको मृत्यु भइसकेको जनाइएको छ । इजरायलमा दुई बच्चा सहित १० जना मारिएको बताइएको छ ।

पछिल्लो पटक आइतवार बिहान गाजामा इजरायली हवाई आक्रमणमा परी  कम्तीमा ३ प्यालेस्टिनीहरूको ज्यान गएको समाचार छ ।

एजेन्सीहरूका अनुसार प्यालेस्टिनी विद्रोहीहरूले तेल अभिभतिर रकेट प्रहार गरेपछि उनीहरू बमबाट बच्ने क्षेत्रतिर लागेका थिए।

अन्तर्राष्ट्रिय समुदायले त्यहाँ चर्कँदो द्वन्द्व अन्त्य गर्न आग्रह गरेको छ । यसैक्रममा शनिवार अमेरिकी राष्ट्रपति जो बाइडनले नेतान्याहू र प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासलाई टेलिफोन गर्दै चिन्ता व्यक्त गरेका थिए ।  संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्‌को बैठक शनिवारका लागि तय गरिएको छ ।

इजरायलले गाजामा मृत्यु भएकामध्ये दर्जनौँ लडाकुहरू रहेको बताएको छ भने प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले मृतकमध्ये ४१ जना बालबालिका रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री नेतान्याहूले टेलिभिजनमार्फत बोल्दै 'आवश्यक परेसम्म' कारबाही जारी रहने भन्दै त्यसमा आफ्ना नागरिकहरू नपरुन् भनेर हर सम्भव प्रयास जारी रहेको बताए छन् ।

नेतान्याहूले आक्रमणको दोषी आफूहरू नभएको दाबी गर्दै आफूहरूमाथि आक्रमण गर्नेहरूलाई दोषी भएको जिकिर गरेका छन् ।

विगत ६ दिन देखि पूर्वी जेरुसलेममा इजरायली र प्यालिस्टिनीबीच तनाव बढ्दै गएपछि हिंसा चर्किएको छ ।

यसअधि गाजा क्षेत्रमा नियन्त्रण जमाएको प्यालिस्टिनी विद्रोही समूह हमासले त्यहाँबाट इजरायली फौज हटाउन चेतावनी दिँदै आक्रमण गरेपछि इजरायलले प्रत्याक्रमण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

 

 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…