Khabarpato logo

         

सं‌सार

कोरोना कहरले बढायो अमेरिकामा बेरोजगारी

एजेन्सी

एजेन्सी

कोरोना कहरले बढायो अमेरिकामा बेरोजगारी

कोरोना भाइरसको महामारीबाट १ वर्षदेखि सङ्कट बेहोरिरहेको संयुक्त राज्य अमेरिकामा लाखौँ अमेरिकी बेरोजगार बनेका छन् । अर्थतन्त्र पुनः खुला भए पनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ । 

कोरोना भाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाहबापत प्राप्त हुने सरकारी बेरोजगार भत्ताको लोभमा कतिपय बेरोजगार अमेरिकीहरू काममा पुनः फर्कन चाहिरहेका छैनन् ।

'यो कोभिड सङ्कटका लागि विरोधाभास हो', अक्सफोर्डका प्रमुख अमेरिकी अर्थशास्त्री ग्रेगरी डाकोले भने, 'हामीसँग नयाँ रोजगारी र मागका बीचमा असन्तुलन छ र आउँदा महिनाहरूमा जोखिम बढ्नेछ ।'

कोरोनाका खोपले व्यवसायलाई सामान्यतर्फ उन्मुख गराइरहेकाले अमेरिकी अर्थ व्यवस्थामा सुधार आउन थालेको छ भने कम्पनीहरूले पनि बढ्दो माग पूरा गर्न भर्ती गर्न थालेका छन् । 

विश्लेषकहरूको भनाइमा सबै बेरोजगार व्यक्तिहरू आफ्नो जागिरमा फिर्ता हुन तयार देखिएका छैनन् । 

'मुख्य मुद्दा नै हामीबीच अझै पनि महामारी छ र कामको खोजी गर्नेहरूमा कार्यस्थलको स्वास्थ्य र सुरक्षाका बारेमा ठूलो चिन्ता छ', जिपरिक्रुटरकी अर्थशास्त्री जुलिया पोलकले भनिन् । 

अमेरिकी जनसंख्याका एक चौथाइले पूर्ण खोप लगाइसकेका छन् । यो संख्या युरोपको भन्दा बढी छ भने धेरै प्रमुख अर्थतन्त्र भएका मुलुकभन्दा निकै बढी छ । यसको बाबजुद देशको ३ चौथाइ भाग कोरोनाको सङ्क्रमण हुने जोखिममा छ । 

जर्जटाउन विश्वविद्यालयको फ्युचरएडका अनुसार कोरोना महामारीका कारण बन्द भएका देशभरका आधाभन्दा बढी विद्यालयहरू पूर्णकालिक कक्षामा फर्किसकेकाले बच्चाको हेरचाहको काम गर्ने अभिभावकहरूका लागि यो अर्को चुनौती हो । 

विश्वकै सबैभन्दा ठूलो अर्थ व्यवस्था भएको संयुक्त राज्य अमेरिकामा कोरोनाको महामारीले झण्डै २२ करोड रोजगारी समाप्त पारिदिएको थियो, जसमध्ये आधाभन्दा बढी अर्थात् १ करोड ४० लाख रोजगारी पुन:स्थापना भइसकेको छ । 

तैपनि, स्वरोजगारमा रहेका समेत झण्डै १ करोड ७० लाख मानिसले अझै पनि सरकारी बेरोजगारी सहायता प्राप्त गरिरहेका छन् र धेरैले आंशिक समय काम गरिरहेका छन् किनभने उनीहरू पूर्ण समय काम गर्न पाउँदैनन् ।

तर, अर्थशास्त्री डाकोले मजदुरको अभाव धेरै क्षेत्रमा देखिएको बताए । खुला, खाद्य सेवा, आतिथ्य र मनोरञ्जन जस्ता कामदार कटौती भएका क्षेत्रमा श्रमजीवीको माग बढेको उनको भनाइ छ । 

गत फेब्रुअरीको आखिरी र अप्रिलको सुरुको बीचको अवधिमा गरिएको अमेरिकी व्यवसायको सर्वेक्षणमा केन्द्रीय बैंकले भनेको छ, 'कर्मचारी भर्तीमा चुनौती व्यापक देखिएको छ, खासगरी यो समस्या न्यून ज्याला वा घण्टे कामदारका लागि बढी देखिएको छ ।'

भर्जिनियाको रिचमन्डमा केन्द्रीय बैंकले गरेको सर्वेक्षणमा सहभागी एक होटल व्यवसायीले आफूहरूले फ्रन्ट डेस्कका कामदार भर्ती गर्न सकेको तर सरसफाइका मजदुर भेट्टाउन नसकेको प्रतिक्रिया दिएका छन् । उनले सरसफाइमा काम गर्न धेरैले अरुचि देखाएको बताए ।

बैंकको सिकागो शाखाले गरेको सर्वेक्षणमा बेरोजगार मजदुरलाई घरमै राख्ने थुप्रै कारकहरू रहेको जनाएको छ, जसमा सरकारले उपलब्ध गराउने वित्तीय सहयोग पनि एउटा प्रमुख रहेको छ । जस्तै : आगामी अगस्टसम्म उनीहरूले सरकारबाट साप्ताहिक थप ३०० डलर बेरोजगार भत्ता पाउनेछन् । 

सिकागो शाखाले मानिसहरू रोजगारीमा फर्कन कठिनाइ हुनुमा बालबच्चाको स्याहार अर्को समस्या रहेको जनाएको छ । भाइरसको चिन्ता, सार्वजनिक यातायात प्राप्त गर्न कठिनाइ र जागिर खोज्ने थकान जस्ता प्रक्रियाले पनि जटिलता थपेको छ । 

अमेजन, कस्टको, टार्गेट र वाल्मार्ट जस्ता कतिपय ठूला कम्पनीले कर्मचारीको तलब वृद्धि गर्ने घोषणा गरेका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…