Khabarpato logo

         

बहस

एमालेमा जुँगाको लडाइँ: कहिले होला दम्भको अवसान ?

खबरदाता

खबरदाता

एमालेमा जुँगाको लडाइँ: कहिले होला दम्भको अवसान ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको लफडा नयाँ मोडतिर गइरहेको छ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल खेमाबीचको 'जुँगाको लडाइँ' उत्कर्षतिर गएको छ ।

नेपाल खेमा ओलीका कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै समानान्तर कमिटी गठन गरिरहेको छ भने ओली नेपाललगायत नेतालाई कारबाही गरिरहेका छन् । यो क्रम प्रदेश संसदसम्म पुगेको छ ।

केही दिनअघि मात्र कर्णाली प्रदेशका ३ सांसदलाई कारबाही गरेका ओलीले कर्णाली प्रदेशका अर्का सांसद प्रकाश ज्वालालाई आजको महाधिवेशन आयोजक कमिटीबाट कारबाहीको निर्णय गराउँदै छन् ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मत हाल्न पार्टीले जारी गरेको ह्विपलाई बेवास्ता गर्दै 'फ्लोर क्रस' गरेर शाहीका पक्षमा मतदान गरेकाले उनीहरूमाथि कारबाही गरिएको हो ।

संसदीय अभ्यास र परंपरामा 'फ्लोर क्रस' अराजनीतिक र अनैतिक कार्य मानिन्छ । नेपालको संसदीय अभ्यास र परंपरामा कर्णाली प्रदेशको उक्त घटना अनौठो र अस्वाभाविक पनि बनेको छ ।

तथापि, विश्लेषकहरूको मत केही भिन्न छ । 'हतियारसहित आक्रमण गर्न आउनेलाई कसैले फूलको माला लगाइदिँदैन' भनेझैँ ओलीले पटकपटक गरेका कठोर प्रहारको प्रतिवादका लागि नेपाल खेमाले कर्णालीमा 'अनैतिक' र 'अराजनीतिक' निर्णय गर्न बाध्य भएको केही विश्लेषकको मत छ ।

यसै क्रममा अध्यक्ष ओलीले साविकको केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रूपान्तर गरेका छन्, जुन कमिटीको बैठक आज बस्दै छ । बैठकमा अध्यक्ष ओलीले सांगठनिक प्रतिवेदन पेस गर्ने तथा प्रदेशगत रिर्पोटिङ, जिल्लाहरूका इञ्चार्ज र नेताहरूको कार्य विभाजन तोक्ने एजेण्डा तय गरिएको छ। उपनिर्वाचन तयारीका मामिलामा पनि छलफल गर्ने एजेण्डा तयार भएको बताइएको छ ।

असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको सहभागिताबिना नै महाधिवेशन तयारी गर्ने सोचमा ओली खेमा देखिएको छ ।

उता, नेपाल-खनाल खेमा भने आज ओलीले बोलाएको बैठक रोक्न आग्रह गरिरहेको छ । आजको बैठकमा नेपाल-खनाल खेमाले सहभागिता नजनाउने भएको छ ।

यस खेमाको आग्रह छ- बैठक रोकेर पार्टीलाई एकताबद्ध बनाउने काम गर्न अध्यक्ष केपी शर्मा ओली अग्रसर बनून् । आइतबार मात्र एक अपिल सार्वजनिक गर्दै नेपाल खेमाका नेता अमृतकुमार बोहराले आजका लागि ओलीले बोलाएको बैठकले स्थितिलाई थप असहज बनाउने भन्दै रोक्न माग गरेका छन्। 

उत्तेजना, आवेग र अभिमान हावी भएर कुनै पनि निर्णय गर्नु नहुने, पार्टीलाई पुनः एकताबद्ध बनाउन २८ फागुनको निर्णय अविलम्ब फिर्ता लिनुपर्ने र विधिविपरीत थपघट गरिएका र हटाइएका सबै निर्णय सच्याउन अध्यक्ष ओलीसँग आग्रह गरिएको छ ।

अपिलमा विधानको व्यवस्थाबमोजिम केन्द्रीय कमिटी, केन्द्रीय निकाय तथा मातहतका सबै कमिटीका बैठक तत्काल बोलाउन पनि आग्रह गरिएको छ ।

असन्तुष्ट नेपाल खेमा भने आफ्नो खेमाको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेको छ ।

यस खेमाले नेकपा एमाले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा लिखित निवेदन दर्ता गराएको छ ।

डा. बेदुराम भुसाल र राजेन्द्र पाण्डेले आइतबार निर्वाचन आयोगमा गएर राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार कारबाही प्रक्रिया अघि बढाउन लिखित निवेदन दिएका छन् ।

अध्यक्ष ओलीले विधानविपरीत महाधिवेशन आयोजक समिति गठन गरेका, आफू र महासचिवबाहेक निर्वाचित पदाधिकारी हटाएकालगायतका सबै निर्णय देशको संविधान र पार्टीको विधानअनुसार नभएको ठहर नेपाल खेमाको छ ।

यसरी दिनदिनै विवाद र लफडाको पारो चढिरहेको एमालेभित्रको कचिङ्गल कहिले र कहाँ पुगेर टुंगिन्छ भन्ने निश्चित देखिँदैन । 

मुलुक कोरोना कहरदेखि असुरक्षा र अविकासको चपेटाबाट गुज्रिइरहँदा सत्ताको नेतृत्व गरिरहेको राजनीतिक दलको माथापच्चीले देश र जनताको भविष्य कता लैजाला भन्ने चिन्ता बढेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

गैरजिम्मेवार राजनीतिका दुष्परिणाम

थाहा नपाउँदै लोकतान्त्रिक राजनीतिको नशा सुरुभएछ-कक्षा ६ पढ्दा ।सायद मैले पढेको विद्य…

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

घुसखोरीप्रति कति सहिष्णु बन्ने हामी ?

सरकारी कामकाजका सिलसिलामा कर्मचारी र सेवाग्राहीका बीच घुसको लेनदेन भएको दाबीका सा…

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

खाद्य मुद्रास्फीतिमा १ प्रतिशत वृद्धिले १ करोड थप गरिब

विश्व खाद्य मुद्रास्फीति भनिने नयाँ महामारीको चपेटामा छ । विगत २ वर्षयता कोभिड- १९ म…

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

खुर्पाले दाह्री काटेजस्तो सूचना प्रविधिको प्रयोग

डा. लक्ष्मीप्रसाद खतिवडा डाटाको कुरा गर्दा कम्प्युटर प्रणालीमा गणितीय ढाँचा (फर्म्याट)मा…