Khabarpato logo

         

सं‌सार

बम बिस्फोटमा परी ४ जना मारिए

एजेन्सी

एजेन्सी

बम बिस्फोटमा परी ४ जना मारिए

अफगानिस्तानको कान्दाहार प्रान्तमा बिहीबार राती भएको एक बम बिस्फोटमा परी कम्तीमा ४ जनाको मृत्यु भएको छ ।

मारिएका ती सर्वसाधारणमा ३ जना एकै परिवारका रहेका बताइएको छ । १ महिला र उनकै २ बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ । 

शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारी साधन ध्वस्त भएको प्रहरीले बताएको छ ।
अफगानिस्तानमा विद्रोहीहरूले सुरक्षा बललाई लक्षित गर्दै गृहनिर्मित बम सडक किनारमा बिस्फोट गराउँदै आएका छन् । यस्ता घातक हतियारहरूले सर्वसाधारणलाई पनि बारम्बार हानि पुर्‍याउँदै आएका छन् ।
अफगानिस्तानमा सन् २०२० मा जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुका साथै ५ हजार ५४० भन्दा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ । 

सन् २०२० मा भएका अरू छुट्टै घटनाहरूमा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको आयोगले जानकारी दिएको छ ।  

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

यस्तो छ नेपालसँग खेल्ने पाकिस्तानी टिम

घरेलु टोली पाकिस्तानले एसिया कप २०२३ को उद्घाटन खेलमा नेपालविरुद्ध खेल्ने पहिलो रोज…

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

एर्लिङ हालान्डलाई पीएफए वर्ष खेलाडी अवार्ड

म्यानचेस्टर सिटीका फरवार्ड एर्लिङ हालान्डले पीएफए वर्ष खेलाडीको अवार्ड प्राप्त गरेका छन् …

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…