Khabarpato logo

         

राजनीति

९५७ समाचार


एमाले अध्यक्षमा भारी मतले ओली विजयी

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई एक हजार ५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।...


कांग्रेस ललितपुर- ३ सभापतिमा थापा विजयी

नेपाली कांग्रेसको ललितपुर क्षेत्र नम्बर-३ का सभापतिमा महेश्वर थापा विजयी भएका छन् । २१० मत ल्याएर उनी विजयी भएका हुन् ।सभापतिका अर्काउम्मेदवारविश्वराज तुलाधरले १८५ मत पाएको मतदान अधिकृत सुरेशघिमिरेले बताए। थापासँगै कार्यसमितिसचिवमा उत्तमकुमार थापा२०७ र जगतबहादुर महर्जन १९२ मत ल्याएर...


न्यायालय सुधारका लागि गठबन्धनको समान धारणा बनाउनुपर्छ : बाबुराम भट्टराई

सत्तारुढ गठबन्धन आवद्ध जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयमा देखिएको समस्या र नेपाल बार एसोसिएसनको आन्दोलनका विषयमा गठबन्धनले साझा धारणा बनाएर निकास खोज्नुपर्ने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाएर बर्खास्त गर्न माग गर्दै नेपाल...


उमेर हदले 'रिङ आउट' हुने यी एमाले नेता

एमालेको आसन्न महाधिवेशनको नेतृत्व र पदाधिकारीमा कसले बाजी मार्ला भन्ने बहस चुलिएको छ । तर, यो महाधिवेशनले केही नेताहरूलाई भने बिदाइगर्दै छ । गोदावरीमा सम्पन्न एमालेको विधान महाधिवेशनले ७० वर्षे उमेरहद लागूगरेका कारण एमालेको शक्तिशाली भूमिकामा रहँदै आएका कम्तीमा ४...


क्यूआर कोड र ई-सेवाबाट एमालेले उठायो २० लाख रुपैयाँ चन्दा

नेकपा एमालेले आसन्न १०औँमहाधिवेशनका लागि क्यूआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ । एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो...


एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा (पूर्ण पाठसहित)

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष रावलले औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् । रावलले सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा सहयोग र समर्थनका...


पार्टी एकताका लागि नारायणकाजी-विप्लव वार्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । नारायणकाजी भेट्न विप्लव आइतबार बिहान उनकै निवास पुगेका थिए । माओवादी केन्द्रसँग एकता गर्ने घोषणा गरेर यसअघि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट...


प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, कोको बने मन्त्री ?

२ मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी)प्रदेश २ सरकारमा सहभागीभएको छ । आइतबारबिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीकारूपमा पद तथागोपनीयताको शपथ गराएका हुन् । महतोलाई उद्योग, पर्यटन,...


आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुनुहुँदैन : डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक निर्वाचनले कसैमा कुनै तिक्तता र रिक्तता हुन नहुने बताएका छन् । कांग्रेसको १४औँमहाधिवेशनको क्रममा आज काठमाडौं क्षेत्र नं.- ५ को प्रदेश क र खका प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका...


५ महिना बित्दा पनि देउवाले बुझाएनन् सम्पत्ति विवरण

नियुक्त भएको ५महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् । प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर,...


सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाकाे घाेषणा

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले १४औँमहाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् । संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे ।...


भीम रावलले सुरु गरे एमालेमा किचलो, आफ्ना पक्षका प्रतिनिधि छान्दै

कैलाली क्षेत्र नम्बर- २ मा नेकपा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरूबीचकाे विवादकै कारण कैलाली क्षेत्र नम्बर- २ मा मंगलबार एमालेले गरेकाे महधिवेशन प्रतिनिधिछनोट भीम रावल पक्षले अस्वीकार गरेकाे छ...


प्रदेश १ को प्रदेशसभा बैठक सुरु, राईलाई विश्वासको मत नदिन एमालेको ह्विप

प्रदेश १ को प्रदेशसभा बैठक सुरुभएको छ । यही बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । बैठक सुरुहुनुअघि प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सर्वदलीय दलको बैठक बसेर एमालेले राईलाई विश्वासको...


रवीन्द्र मिश्रले गरे दरबार पार्टीसँग एकता

रवीन्द्र मिश्र र मिलन पाण्डे नेतृत्वको विवेकशील साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम र जनता दरबार पार्टीबीच एकता हुने भएको छ । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार विवेकशील साझा, सिटिजन्स डिस्कसन फोरम र जनता...


सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा सर्‍यो

महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता,कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा हुने भएको छ । पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बूढानीलकण्ठमा...


‘यो संविधान लरतरो रूपमा हटाउने कल्पनासमेत हुँदैन’

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलेअहिलेकाे संविधान हटाउने कल्पना समेत गर्न नसकिने बताएका छन् । गृह जिल्ला इलाममा बिहीबार आयोजित कार्यक्रममा नेम्वाङले संविधान फेर्ने चर्चाको कुनै तुक नरहेको टिप्पणी गरे । यो संविधान लरतरो रूपमा हटाउने कल्पनासमेत हुँदैन, नेकपा एमालेका संसदीय दलका...


एमाले प्रतिनिधि छनोट : ओखलढुंगामा बालकृष्ण ढुंगेल र यज्ञ सुनुवार समूहबीच टकराव

नेकपा एमालेकाे १०औँमहाधिवेशनका लागि प्रतिनिधिछनोट गुटगत विभाजनले सहमतिमा नहुने भएकाे छ । २ गुटबीचकाे विवाद र माओवादीबाट प्रवेश गरेका समूहले समेत भाग खाेजेपछि निर्वाचन निश्चित भएकाे हाे । मंगलबारभएकाे सचिवालय बैठकमा सहभागी सदस्यहरूले निर्वाचनबाटै प्रतिनिधिछनोट गर्न दबाब दिएका थिए ।...


गठबन्धनले बनाएको समन्वय समितिप्रति कांग्रेसमै असन्तुष्टि

सत्तारुढ गठबन्धनले गठन गरेको राजनीतिक समन्वय समितिलाई लिएर सरकार नेतृत्वकर्ता दल कांग्रेसमा असन्तुष्टि बढेको छ ।राजनीतिक सकसका बेला उच्चस्तरीय राजनीतिक संयन्त्रण गठन गर्ने गरेका दलहरूले यस पटक भने गठबन्धनका तर्फबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा राजनीतिक समन्वय समिति गठन...


राष्ट्रपति कार्यालयले थाल्यो ३ जना प्रदेश प्रमुख नियुक्ति प्रक्रिया

राष्ट्रपति कार्यालयले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया थालेको छ । मन्त्रिपरिषद् बैठकले प्रदेश१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेपछि राष्ट्रपति कार्यालयले नियुक्ति प्रक्रिया थालेको हो ।...


मुख्यमन्त्री पाण्डेले पाए विश्वासका ५९ मत

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।...


ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै