Khabarpato logo

         

राजनीति

सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा सर्‍यो

न्युज कारखाना

न्युज कारखाना

सानेपाको धर्नाले कांग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा सर्‍यो

महाधिवेशन प्रतिनिधि चयन निष्पक्ष नभएको भन्दै रौतहटका स्थानीय नेता, कार्यकर्ताले ११५ दिनदेखि जारी राखेको धर्नाका कारण कांग्रेस केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा हुने भएको छ ।

पार्टी महाधिवेशनका लागि विभिन्न उपसमिति गठन गर्नका लागि प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बैठक बूढानीलकण्ठमा बोलाएपछि आइतबारको केन्द्रीय समिति बैठक बूढानीलकण्ठमा हुने भएको हो । 

आइतबारको केन्द्रीय समिति बैठकले १४औँ महाधिवेशन मूल तयारी समिति, महाधिवेशन व्यवस्थापन समिति र पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव समिति गठन गर्ने केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार प्रचारप्रसार समिति, पार्टी विधान संशोधन समिति, विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समिति, भोजन आवास व्यवस्थापन समिति, अर्थ संकलन समिति र स्वयंसेवक व्यवस्थापन समितिलगायतका समिति र उपसमितिहरू गठन गरिने एजेण्डा तय भएको छ ।

सुरुमा सानेपा भनेर बैठक आह्वान गरेको भए पनि अन्तिम समयमा बूढानीलकण्ठस्थित देउवा निवासमा बैठक बोलाइएको पौडेलले जानकारी दिएका छन् । बैठकमा सहभागी हुन नेताहरू जाने क्रम सुरु भएको छ । 

सानेपामा रौतहटका कांग्रेस नेताहरू रामश्रीष साह, देवचन्द्र मिश्र, उदय यादव, भोगेन्द्र झा, वीरेन्द्र राय यादव, नमोनाथ यादव, रामविश्वास साहलगायतका नेताहरू ११५ दिनदेखि धर्नामा छन् । 

‘हाम्रो धर्नाले पनि हुन सक्छ, यहाँ हुने भनिएको केन्द्रीय समिति बैठक अचानक बूढानीलकण्ठमा सारिएको छ । तर, नेताहरूले हाम्रो माग सम्बोधन गरेका छैनन्, हामी यहाँ धर्नामा बस्छौं’, रामश्रीष साहले भने ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…