Khabarpato logo

         

राजनीति

क्यूआर कोड र ई-सेवाबाट एमालेले उठायो २० लाख रुपैयाँ चन्दा

न्युज कारखाना

न्युज कारखाना

क्यूआर कोड र ई-सेवाबाट एमालेले उठायो २० लाख रुपैयाँ चन्दा

नेकपा एमालेले आसन्न १०औँ महाधिवेशनका लागि क्यूआर कोड र ई-सेवामार्फत २० लाख रुपैँया चन्दा संकलन गरेको छ । 

एमालेले गत २६ कात्तिकमा पार्टीका संगठित सदस्यहरूबाट चन्दा उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंक टेकुमा रहेको खाता नम्बरसँगै क्यूआर कोड सार्वजनिक गरेको थियो । 

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार ९ दिनको अवधिमा कार्यकर्ताले क्यूआरकोड र ई-सेवामार्फत २० लाख रुपैयाँ जम्मा गरिसकको जानकारी दिए । 

उनका अनुसार अधिकांश संगठित सदस्यले १०० रुपैयाँका दरले र प्रवासमा रहेका नेपालीले इच्छाअनुसार रकम पठाइरहेको जानकारी दिए । 

‘हालसम्म क्यूआर कोड र ई-सेवाबाट २० लाख रुपैयाँ जम्मा भएको छ, यो ठ्याक्कै हिसाब होइन, खातामा थप रकम पनि जम्मा भएको छ, हिसाब सार्वजनिक गर्छौ’, तामाङले भने । 

एमालेले कार्यकर्ता  र शुभेच्छुकलाई न्यूनतम १०० रुपैयाँ बैंक खातामा जम्मा गर्न आग्रह गर्दै खाताको क्यूआर कोड सार्वजनिक गरेको हो ।

महाधिवेशनका लागि लोगो सार्वजनिकसँगै एमालेले चन्दा प्रयोजनका लागि क्यूआर कोडसँगै ई-सेवा र फोनपेबाट न्यूनतम १०० रुपैयाँ जम्मा गर्न भनेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीमा मुख्यमन्त्रीको विश्वासको मत असंवैधानिक भन्दै एमाले सर्वोच्च गयो

कोशीका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएको प्रक्रिया असंवैधानिक रहेको भन्दै ने…

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्चले बदर गरिदियो कोशीका मुख्यमन्त्री थापाको नियुक्ति

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । स…

PM Prachanda bats for collective efforts to end ill-practices

PM Prachanda bats for collective efforts to end ill-practices

Prime Minister Pushpa Kamal Dahal 'Prachanda' has said that his governm…

Dr.  Rana complains of media trial in fake Bhutanese refugees scam

Dr. Rana complains of media trial in fake Bhutanese refugees scam

Nepali Congress leader and member of the House of Representatives, Dr Arzu Rana…