Khabarpato logo

         

विज्ञान/प्रविधि

मंगल ग्रहमा हेलिकोप्टर उडाउने तयारीमा नासा

एजेन्सी

एजेन्सी

मंगल ग्रहमा हेलिकोप्टर उडाउने तयारीमा नासा

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले एक महिना अगाडि मंंगल ग्रहको सतहमा पर्सिभिअरन्स नामक यान अवतरण गराएको थियो । उक्त यानमा पठाइएको १.८ किलो वजनको इन्ज्युनिटी नाम दिइएको एउटा सानो हेलिकोप्टरलाई आगामी अप्रिलको सुरुमा मंगल ग्रहमा उडाउने नासाले जनाएको छ ।

दुईवटा रोटर भएको उक्त हेलिकोप्टरले हावाको चाप धेरै कम भएको मंंगलको आकाशमा उड्ने प्रयास गर्नेछ । यदि त्यो मिसन सफल भए त्यो ओर्भिल र विल्भर राइट दाजुभाइले सन् १९०३ मा पहिलो पटक पृथ्वीमा वजनदार विमान उडाउँदा जस्तो प्रसन्नता प्राप्त हुने नासाले बताएको छ ।

हाल पर्सिभिअरन्सको पेटभित्रै रहेको उक्त हेलिकोप्टरलाई अबको केही दिनमा जमिनमा राखिने छ ।

उक्त हेलिकप्टरका लागि इन्जिनियरहरूले १० मिटर लम्बाइ र उत्तिकै चौडाइको क्षेत्र रोजेका छन्। त्यहाँ सो हेलिकप्टरले पाँच वटा छोटो दूरीको उडान भर्ने  प्रयास गर्ने छ र पर्सिभिअरन्स यानले ती उडानहरूलाई क्यामरामा उतार्ने प्रयास गर्ने छ।

प्रतिमिनेट २,४०० पटक घुम्ने दुई रोटरमा राखिएका कार्बनले बनेका चार वटा पङ्खायुक्त त्यो हेलिलप्टरको पहिलो उडान सतहभन्दा तीन मिटर माथिसम्म उठ्ने,  घुम्ने र ३० सेकेन्ड अडिने खालको सामान्य हुनेछ ।

पृथ्वी बाहेकको अर्को ग्रहमा गर्न लागिएको यस परीक्षण उडानका लागि बैज्ञानिकहरू होसियारीपूर्वक प्रतीक्षा गरिरहेको नासाले जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…