Khabarpato logo

         

विज्ञान/प्रविधि

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

एजेन्सी

एजेन्सी

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा छन् । इन्टरनेटमा फाइभ जी इन्टरनेट सुरु भइसकेको छ । त्यसभन्दा नयाँ पुस्ताको वायरलेस नेटवर्क अर्थात् सिक्स जी नेटवर्कमा अहिले विश्व केन्द्रित भएको छ ।

फाइभ जी इन्टरनेट स्वयंमा तीव्र गतिको इन्टरनेट हो । यसको स्पिड फोर जीको तुलनामा २० प्रतिशत बढी हुन्छ । तर, सिक्स जी इन्टरनेट यी सबै पुरानाभन्दा बढी स्पिडको हुनेछ ।

सिक्स जी वायरलेस इन्टरनेटबाट स्पिड, लेटेन्सी, स्पेक्ट्रम, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्युरिटी तथा ऊर्जा दक्षता जस्ता क्षेत्रहरू अझै अत्याधुनिक हुने विश्वास गरिएको छ ।

तेस्रो विश्वका धेरै देशहरू भने अहिले पनि फाइभ जी नेटवर्ककै पहुँचमा छैनन् । चीनले भने सिक्स जी इन्टरनेटको सुरुआत गर्न काम गरिरहेको बताएको छ ।

चीनले अल्ट्राफास्ट वायरलेस इन्टरनेटको रूपमा रहेको सिक्स जीको परीक्षण पनि गरिरहेको छ । सिक्स जी इन्टरनेटको डाउनलोड स्पिड १०० जीबीपीएस हुने बताइएको छ अर्थात् यो फाइभ जीको तुलनामा धेरै गुणा तेज हुनेछ ।

अमेरिका आफू चीनभन्दा पछि पर्ने कुराले चिन्तित छ । गत शुक्रबार ह्वाइट हाउसले आगामी पुस्ताको वायरलेस इन्टरनेटका विषयमा चर्चा गर्नका लागि यस उद्योगका नेतृत्वहरूसँग छलफल गरेको थियो । अन्य देशहरू सिक्स जी कनेक्टिभिटीको मापदण्डमा अगाडि हुने डर अमेरिकालाई छ । खासमा अमेरिकाको चिन्ता चीनप्रति लक्षित छ ।

चाइना एरोस्पेस साइन्स एन्ड इन्डस्ट्रीको दोस्रो एकेडेमीका २५ वटा संस्थाहरूले पहिलो पटक टेराहर्ज आवृत्ति तहमा सफलतापूर्वक वायरलेस सञ्चार गरेको जनाएका छन् । उक्त परीक्षणबाट १०० गिगाबाइट प्रतिसेकेन्डको गति प्राप्त भएको थियो अर्थात् यो अमेरिकाको १ गिगाबाइट प्रतिसेकेन्ड चल्ने फाइभ जी नेटवर्कभन्दा सय गुणा तेज छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…