Khabarpato logo

         

विज्ञान/प्रविधि

हालसम्मकै सबैभन्दा शक्तिशाली रकेटको परीक्षण सफल

एजेन्सी

एजेन्सी

हालसम्मकै सबैभन्दा शक्तिशाली रकेटको परीक्षण सफल

अमेरिकी अन्तरिक्ष अध्ययन संस्था नेसनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले हालसम्मको सबैभन्दा शक्तिशाली रकेट एसएलएसको सफल परीक्षण गरेको बताएको छ ।

सम्पूर्ण मिसनको महत्त्वपूर्ण हिस्सा एसएलएसलाई जमिनबाट अन्तरिक्षसम्म पुर्‍याउन लाग्ने ८ मिनेटको समय भएको र उक्त ८ मिनेटको समयसम्म यसका इन्जिनहरू सफलतापूूर्वक चलिरहेका बताइएको छ ।

यसअघि गत तजनवरीमा एसएलएसको ठूलो हिस्साका लागि गरिएको पहिलो परीक्षणमा इन्जिन चाँडै बन्द भएको थियो ।

सन् १९७२ यता पहिलो पटक चन्द्रमामा मानिस लैजानका लागि एसएलएसको निर्माण गरिएको नासाले बताएको छ ।

ट्रम्प प्रशासनले सुरु गरेको नासाको आर्टिमिस परियोजनाअन्तर्गत रहेको यो मिसनमा रकेटको भित्री भागमा ४ वटा आरएस- २५ इन्जिन र छेउमा २ वटा बुस्टर समाहित गरिएका छन् ।

बिहीबार परीक्षण सुरु गर्दा धुवाँको मुस्लो उठ्नुका साथै जमिनमा कम्पन भएको जनाइएको छ ।

यो महान् दिन र महान् परीक्षण समर्पण र मिहिनेतले प्राप्त भएको उल्लेख गर्दै वैज्ञानिकहरूले बिहीबारको उक्त परीक्षणले अमेरिकी अन्तरीक्ष यात्रीहरूलाई मंगलको अन्वेषण गर्ने तयारीका लागि चन्द्रमामा फर्किने सन्दर्भमा एक कदम अगाडि ल्याएको जनाएका छन् ।

सन् १९६० को दशकमा एपोलो अन्तरिक्ष यात्रीलाई चन्द्रमामा पुर्‍याएको विशाल स्याटर्न भी रकेटमा प्रयोग भएको इन्जिनलाई परीक्षण गर्न त्यही स्ट्यान्डको प्रयोग गरिएको थियो ।

बिहीबारको परीक्षणअघि इन्जिनियरहरूले रकेटको ट्याङ्कीमा ७ लाख ग्यालेन (२६ लाख लिटर) इन्धन भरेका थिए, जसमा रकेटको इन्धनको रूपमा हाइड्रोजन र इन्धनलाई प्रज्ज्वलित गराउने तरल अक्सिजन समावेस थिए ।

आर्टेमिस- १ नाम दिइएको उक्त मिसनअन्तर्गत ओरिअन नामक एउटा नयाँ पुस्ताको यात्रुवाहक यानलाई परीक्षणका लागि चन्द्रमाको परिक्रमा गर्न पठाइने नासाले जनाएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…