Khabarpato logo

         

विज्ञान/प्रविधि

संसारकै सबैभन्दा पुरानो कम्प्युटरको रहस्य पत्ता लाग्यो

एजेन्सी

एजेन्सी

संसारकै सबैभन्दा पुरानो कम्प्युटरको रहस्य पत्ता लाग्यो

संसारको सबैभन्दा पुरानो कम्प्युटर भनेर चिनिएको एउटा २ हजार वर्ष पुरानो यन्त्रको पुनर्संरचना गर्न वैज्ञानिकहरू सफल भएका छन् ।

रोमनकालको एउटा पानी जहाजको अवशेषमा सन् १९०१ मा फेला परेको उक्त एन्टिकिथिरा मेकानिजमले विशेषज्ञहरूलाई चकित तुल्याउंँदै आएको थियो ।

हातले चलाउनुपर्ने ग्रिसमा बनेको उक्त यन्त्र ग्रहण र अन्य खगोलीय घटनाको भविष्यवाणी गर्न प्रयोग गरिएको हुन सक्ने अनुमान गरिएको थियो । तर, त्यस यन्त्रको एक तिहाइ भाग मात्र सग्लो अवस्थामा रहेको हुँदा त्यसको पूरा स्वरूप र काम गर्ने तरिकाका बारेमा अध्येताहरू घोत्लिइरहेका थिए ।

अगाडिका अध्ययनहरूले त्यो यन्त्रको पछाडिपट्टिको भागको कामको बारेमा पत्ता लगाएको भए तापनि त्यसको अगाडिको भागमा स्थित गियर सिस्टमको रहस्यको कुनै अत्तोपत्तो पाइएको थिएन ।

अहिले युनिभर्सिटी कलेज लन्डनका वैज्ञानिकहरूले थ्रीडी कम्प्युटरको प्रयोगद्वारा आधुनिक पदार्थको उपयोग गरी अगाडिको पूरै भागको पुनर्निर्माण सम्पन्न गरेको बताइएको छ ।

खगोलीय क्याल्कुलेटर नाम दिइएको उक्त यन्त्रको नयाँ रूप र त्यसको जटिल गियर सिस्टमसमेतको विवरण शुक्रबार साइन्टिफिक रिपोर्टमा प्रकाशित एक प्रतिवेदनमा सार्वजनिक गरिएको थियो ।

जम्मा ८२ अर्थात् एक तिहाइवटा मात्र टुक्राहरू सग्लो अवस्थामा रहेको हुनाले वैज्ञानिकहरूले एक्स-रे र प्राचीन ग्रिसको गणितीय विधिको प्रयोग गरेर टुक्राहरू जोडी पूर्ण तस्बीर तयार गर्न सफल भएको जनाइएको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…