Khabarpato logo

         

विज्ञान/प्रविधि

नासाले पत्ता लगायो ग्यालेक्सीबाहिर पहिलो ‘संभावित ग्रह’

एजेन्सी

एजेन्सी

नासाले पत्ता लगायो ग्यालेक्सीबाहिर पहिलो ‘संभावित ग्रह’

वैज्ञानिकहरूले हाम्रो आकाशगंगाबाहिर पत्ता लगाउने पहिलो ग्रह के हुन सक्ला ? धेरैको जिज्ञासा हुन सक्छ । पछिल्लो वैज्ञानिक अनुसन्धानले आकाशगंगाबाहिर तारालाई परिक्रमा गर्ने ग्रह हुन सक्ने संकेत फेला पारेको छ । नासाको चन्द्रा एक्सरे अब्जरभेटरीले ह्वर्लपुल ग्यालेक्सीमा संभावित बाह्य ग्रह सर्पिल ग्यालेक्सी मेसियर ५१ (एम ५१) पत्ता लगाएको विज्ञप्तिमार्फत् जनाइएको छ ।

बाह्य ग्रह हाम्रो सौर्यमण्डलभन्दा बाहिरको ग्रह हो, जुन हाम्रो ग्यालेक्सीको सूर्यको वरिपरि घुम्नुको साटो ताराको वरिपरि परिक्रमा गर्छ । अहिलेसम्म सबै ग्रह मिल्कीवेमा पत्ता लागेका छन् र तिनीहरूमध्ये अधिकांश पृथ्वीबाट ३ हजार प्रकाश वर्षभन्दा कम दूरीमा रहेका छन् । ह्वर्लपुल ग्यालेक्सीमा पत्ता लागेको नयाँ संभावित बाह्य ग्रह पृथ्वीबाट २८ लाख मिलियन प्रकाश वर्ष टाढा छ, जुन मिल्कीवेबाट हजारौँ गुणा टाढा छ ।

‘एक्सरे वेभलेन्थमा ग्रहको सूची खोजी गरेर अर्को संसार पत्ता लगाउन हामी सम्पूर्ण रूपमा एउटा नयाँ क्षेत्र खुला राख्ने कोसिस गर्दै छौँ । यो रणनीतिले उनीहरूलाई अन्य ग्यालेक्सीमा ग्रह पत्ता लगाउन सजिलो हुन्छ’, अनुसन्धानको अगुवाइ गरेका क्याम्ब्रिज म्यासाचुसेटस्थित हार्वर्ड एन्ड स्मिथसोनियनको सेन्टर फर एस्ट्रोफिजिक्समा लेक्चररका रूपमा कार्यरत रोजान दि स्टेफेनोले भनेका छन् ।

टोलीले एक्सरे उज्यालो बाइनरीबाट एक्सरे किरणको चमकबारे गहनता खोज्यो, जसमा सामान्यतया न्युट्रोन तारा रहेको हुन्छ । जब ठूलो तारा नष्ट हुने वा निकट परिक्रमा गर्ने ताराबाट ग्यास निकाल्ने ब्ल्याक होलले गर्दा उक्त तारा असित्वमा रहेको हुन्छ । न्युट्रोन तारा वा ब्ल्याक होलबाट नजिकको वस्तु तातिएर सुपर तातोपनाको अवस्थामा जान्छ र एक्सरे चम्किन्छ ।

चम्किलो एक्सरे सिर्जना गर्ने क्षेत्र सानो भएकाले यसको सामुन्नेबाट चलायमान हुने ग्रहबारे पत्ता लगाउन सजिलो हुन्छ । यसको कारण हो- उक्त क्षेत्रले अधिकांश वा सबैजसो एक्स-रेलाई बाधा खडा गर्छ । यसको कारणले लामो दूरीसम्म बाह्य ग्रहको खोजी गर्न सजिलो हुन्छ ।

तथापि, अन्वेषकहरूले ग्यालेक्सीमा थप बाह्य ग्रह पत्ता लगाएका हुन् कि हैनन् भन्ने पुष्टि गर्न भने अझै लामो समय कुर्नुपर्ने देखिएको छ ।

यसको ठूलो अर्बिटल गर्दा ग्रहको ‘क्यान्डिडेट’ले बाइनरी पार्टनरको अगाडि अर्को ७० वर्षसम्म वारपार गर्नेछैन । यसको पुष्टि गर्न दशकौँ लाग्न सक्छ ।

‘दुर्भाग्यवश हामीले एउटा अर्को ग्रह देखिरहेका छौँ भनेर पुष्टि गर्न हामीले अर्को ट्रान्जिट अवलोकन गर्न दशकौँ पर्खिनुपर्ने हुनस क्छ’, सान्ता क्रुजस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका एस्ट्रोफिजिसिस्ट तथा सहलेखक निया इमाराले एउटा विज्ञप्तिमार्फत् भने, ‘अनि, यसले वरिपरि परिक्रमा गर्न कति समय लगाउँछ भन्ने कुराको अनिश्चितताले हामीले कहिले अवलोकन गर्न पाउँछौँ भन्ने बताउन सक्ने स्थिति छैन ।’

‘यदि यो ग्रहको अस्तित्व छ भने’, विज्ञहरू भन्छन्, ‘यो सुपरनोभा विस्फोटबाट बच्नुपर्ने थियो, जसले न्युट्रोन स्टार वा ब्ल्याक होल सिर्जना गरेको थियो होला ।’ भविष्यमा साथी तारा पनि सुपरनोभाको रूपमा विस्फोट हुन सक्छ र अत्यन्तै उच्च तहको विकिरणले ग्रहलाई फेरि एक पटक विस्फोट गराउन सक्छ ।

अन्वेषकले चन्द्रा दुवैको अभिलेख खोजीनीति गर्नेछन्, जसमा अन्य ग्यालेक्सीमा थप एक्सोप्लानेट ‘क्यान्डिडेट’का लागि २० वटा ग्यालेक्सी र युरोपेली अन्तरिक्ष एजेन्सी उपग्रह एक्सएमएम-न्युटनका पर्याप्त डाटासेट रहेका छन् । उनीहरू के थप्छन् भने, मिल्कीवेमा एक्सरे स्रोत ट्रान्जिटका लागि अनुसन्धानको अर्को पक्ष थाहा भएको छ, जसले अस्वाभाविक वातावरणमा पनि नयाँ ग्रह खोजबिन गर्न सहज हुन्छ । 

(नेचर एस्ट्रोलोजी जर्नलमा प्रकाशित अनुसन्धानात्मक लेखका आधारमा न्युज कारखानाले तयार गरेको सामग्री)

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…