Khabarpato logo

         

फिचर/स्थानीय विकास

एक लडाकुको संस्मरणमा बेनी मोर्चा- २: ‘कमरेडहरू, यो ठाउँबाट भागिहाल्नुहोस्, सेना आइसक्यो’

जानुका धमला

जानुका धमला

एक लडाकुको संस्मरणमा बेनी मोर्चा- २: ‘कमरेडहरू, यो ठाउँबाट भागिहाल्नुहोस्, सेना आइसक्यो’

एउटै लक्ष्य उद्देश्य लिएर हिँडेका क्रान्तिकारीहरूलाई आफ्नै जस्तो लाग्ने, युद्धमा हिँडेका सबै परिवार । कमाण्डर पावेलकी आमाको अथाह प्यार र शुभेच्छा लिएर हामी राधा घिमिरे दिदीकी आमाको घरमा गयौँ । त्यहाँ पनि उस्तै प्यार र ममता पायौँ । त्यसैले होला, सृष्टिले पनि आमाको सिर्जना गरेको, जसलाई दिएर कहिल्यै नसकिने प्यार र ममता दिएको हुन्छ । विशाल हृदय हुन्छ आमाहरूमा । 

केही दिन त्यहीँ बस्ने निर्णय भयो । त्यो समयलाई उपयोग गर्ने उद्देश्यले हामी प्युठानको सदरमुकाम मुर्कटी भिङरी, रोल्पा र प्युठानको सिमानामा तत्कालीन शाही नेपाली सेनाहरूले संस्कृतिकर्मीहरूलाई मारेको रहेछ, त्यही तिथि पारेर जिल्ला पार्टीले मशाल जुलुस, फायरिङ जुलस गर्ने योजना रहेछ । त्यो जुलुसमा मैले टुटु राइफल पड्काएकी थिएँ । 

प्युठानको प्रख्यात ठाउँ स्वर्गद्वारीलगायतका धेरै ठाउँहरूमा घुम्यौँ, जुन युद्धकालमा सामरिक हिसाबले चर्चित थिए । मैले दिदीसँग रोल्पा, रुकुम घुम्न जाने इच्छा राखेँ । दिदीले मेरो आग्रहलाई स्वीकारेर जाने तयारी गर्‍यौँ । 

घरबाट निस्किने दिन आमाले झोलामा मकै, गहँु र चामलबाट निर्मित सातु झोलामा हालिदिनुभयो । हामी खुसी हुँदै आफ्नो यात्रातर्फ लाग्यौँ । हामी प्युठानबाट अरुण खोलाको तिरैतिर रोल्पातर्फ लाग्यौँ । अरुण खोला सुसाइरहेको थियो । खोलाको किनारसँगको सामीप्यमा दुश्मनका क्यापहरू छल्दै हामी प्युठान र रोल्पाको सिमानाबाट रोल्पातर्फ लाग्यौँ ।

त्यही क्रममा हामी तत्कालीन शाही सेनाद्वारा गिरफ्तार गरी हत्या भएका शिक्षकको घरमा पुग्यौँ । त्यो बेला हाम्रो साथमा सल्यानका तारानाथ कमरेड पनि हुनुहुन्थ्यो । उहाँको कार्यक्षेत्र रोल्पाको दक्षिण-पश्चिम भेगमा थियो । पश्चिम सबै हिसाबले जनयुद्धको विशेष महत्त्व राख्ने ठाउँ थियो नै । 

हामी प्युठानबाट हिँडेर रोल्पाको  सिमानामा पुग्यौँ । अलिक अनौठो अनुभूति हुनु स्वाभाविक थियो मलाई । तराईका समथर फाँटहरूमा हाम्रो ब्रिग्रेडको कार्य क्षेत्र, त्यसमा पनि १५ वटा बटालियनको कार्यक्षेत्र तराई भएका कारणले पनि मलाई पहाड चढ्न निकै कठिन भएको थियो ,

पश्चिमको भूगोल नाक ठोकिने उकालो चढेर माथिको डाँडामा पुग्यो फेरि घुडा जोडिने ओरालो झरेर फेरि अर्काे खोलामा पुग्नुपथ्र्यो । दुश्मनका संभावित नाकाहरूलाई पार गर्दै हामी रोल्पाको होलेरी चौकी नजिकै पुग्यौँ । म हिँड्न नसक्ने भएकी थिएँ तर पनि मलाई अर्काे ऊर्जा तत्कालै पैदा भयो- जनयुद्ध सुरु गर्दा ऐतिहासिक महत्त्व राख्ने ठाउँमा जाने कुराले उत्साहित तुल्यायो । 

रोल्पाको होलेरी चौकी नजिक पुगेर गर्वको अनौठो रक्त प्रवाह भयो शरीरमा । निकै सुन्दर दृश्य मनमा कुदिरहेको थियो । होलेरीको बजारमा रहेको सडकमाथिको डाँडा, जहाँ माओवादी पार्टीले जनयुद्ध सुरुवात गर्ने दिन आक्रमण गरेको चौकीका भग्नावशेषहरू बाँकी थिए । उत्साहका साथ सबै दृश्यहरू नियालिरहेकी थिएँ, आँखा दाङबाट आउने सडकतिर पुगेछ ।

पहिला त विश्वास नै लागेन- शाही नेपाली सेनाहरू आएका हुन् भनेर । हामी करिब ५०० मिटरको दूरीमा थियौँ । लामो दूरीको  मार गर्ने हतियारको किलिङ रेन्जभित्र हामी परिसकेका रहेछौँ । त्यही समयमा स्थानीय साथी आएर भन्नुभयो, ‘कमरेडहरू, तपाईंहरू यो ठाउँबाट भागिहाल्नुहोस् । सेना आइसक्यो ।’

हामीलाई बाटोका बारेमा केही थाहा थिएन, कता गयो भने कहाँ पुगिन्छ भनेर । स्थानीय साथीले हामीलाई दहबन जाने बाटो देखाएर फर्किए । हामी बाटैबाटो दहबनतिर हिँड्यौँ । शाही सेनाहरू होलेरी बजारमा आएर छापा मार्न सुरु गरे ।

दहबनको बाटो हुँदै सल्यानतर्फ लाग्यौँ । सल्यानको झिमरुक टावरको नजिक पुग्न लाग्दा गोधूलि सन्ध्याले हामीलाई स्वागत गरिरहेको थियो । यहाँ हामी ५ जना जम्मा भयौँ । झिमरुक टावरको मुनि उभिएर एक पटक फेरि त्यही विशाल टावर राखेको डाँडालाई हेर्दा भग्नावशेष टावर डाँडामा ठिंग उभिएर हामीलाई नियालिरहेको आभाव भयो ।

त्यस दिन हामी रुकुमको खोलागाउँ नजिकै गएर बास बस्यौँ । त्यस रात खाएको मकैको रोटीको याद अझै पनि उत्तिकै स्वादिष्ट लाग्छ ।

भोलिपल्ट हामी रुकुमको चौरजहारी नजिकै तारानाथ शर्मा कमरेडको घरमा पुग्यौँ । त्यही बेलामा हो मैले रुकुमको चौरजाही फाँट नियालेको, मशाल जुलुसमा भाग लिन जाँदा राधा घिमिरेले अँध्यारो रातमा पनि मलाई खोजेर सँगै लैजानुभएको । दुश्मनले लखेट्दा नहरको पानीमा पसेर लुकेको । खोलागाउँ मुसिकोट जाजरकोटको खलङ्गा जुनी कम्युन र अजम्बरी कम्युनलाई हृदयभरी सजाउँदै मीठो प्यारले चुमेको । 

१८ वर्षपछि सम्झिन्छु त्यति बेलाका जुनी र अजम्बरी कम्युन के भए होलान् अहिले ? सत्ताको भत्तामा रमाएपछि हिजोका ती अजम्बरी उपलब्धिहरू कहाँ रहन्छन् र ? सबै भाँडमा गए । सानो भेरीको किनारैकिनार पश्चिमका जनताको अनगिन्ती वर्गीय मायालाई मनमा सजाउँदै हामी एक सातापछि रुकुमको महतगाउँ हुँदै रोल्पाको थवाङ पुग्यौँ ।

रोल्पा, त्यसमाथि पनि थवाङ, जुन जनयुद्धको उद्गम थलो हो, मनमा हजारौँ भावनाहरूको प्रतिनिधित्व भयो । किलो सेरा २ अप्रेसनका बेलामा प्रहरीले आगो लगाएको त्यो सुन्दर बस्ती, काला दलिन र निदालका भग्नावशेषहरू, संकटकालमा शाही सेनाले भत्काएका सयौँ घरहरू । घरमा वृद्ध आमाबा मात्र । जनयुद्धमा सयौँ वीर योद्धाहरूले रगत बगाएको बस्ती थवाङ स्मारक गाउँको बीचमा बनाइएको पाहुना घर । यस्तैयस्तै सुन्दरताले भरिपूर्ण थियो थवाङ त्यो बेला । 

थवाङले नेपामा संचालित १० वर्षे जनयुद्धलाई ठूलो गुन लगाएको छ । माओवादी पार्टीका नेता र कार्यकर्ता हँु भन्नेहरूले कहिल्यै पनि सक्दैनन् थवाङको ऋण तिरेर । त्यो रात राधा धिमिरे र म त्यो पाहुना घरमा बस्यौँ । पश्चिम गएपछि सबैभन्दा पहिला भेटेको कमाण्डर हुन् हरिभान पुन (क. बरुण) उनी जनमुक्ति सेनाको ब्रिग्रेड कमाण्डर थिए । उनले नै भनेका हुन् मलाई बेनीमा फौजी आक्रमण हुँदै छ भनेर । उनीसँग भेटेपछि तय भएको हो मेरो बेनी मोर्चामा जाने यात्राको ।

अहिले सम्झिन्छु, त्यो बेला पनि हाम्रा परिवारहरू त थिए तर मलाई बाआमाले मेरो व्यक्तिगत स्वार्थका लागि भनेको कुरामा पटक्कै विश्वास थिएन । त्यही कमाण्डका नेता प्यारा थिए, जो अपरिचित भएर पनि वर्षौं अगाडिदेखिको चिनजान जस्तो वर्गीय सम्बन्धको नजिक थिए । 

जसको वास्तविक नाम, घर र थरसमेत थाहा हुँदैन थियो, मात्र उपनामको आधारमा आफ्ना कमाण्डरहरूमाथि यत्रो भरोसा र विश्वास किन हुन्थ्यो होला ? अहिले भने त्यो वास्तविकतासँग किन पटक्कै मेल नखाएको होला त्यो भरोसाले ? 

यात्रा रोल्पाको थवाङबाट रुकुमको काक्री गाविस, हालको भुमे गाउँपालिकामा रहेको हाईस्कुलसम्मको थियो । त्यो स्कुलभन्दा ३ घन्टामाथि ठूलो जंगलमा मध्य र पश्चिम कमाण्डको जनमुक्ति सेनाका कमाण्डरदेखि जनमुक्ति सेनाको स्पेसल फोर्ससम्म जम्मा भएको थियो । जब म लुकुमको स्कुलमा पुगेँ, त्यस बेला क्यामेरा र टेप रेकर्डर लिएर जनमुक्ति सेनाहरूको भनाइ रेकर्ड गरिरहेका व्यक्तिमा ध्यान पुग्यो । उहाँ पश्चिम कमाण्डको प्रतिनिधि जनादेश पत्रिकाको युद्ध सम्वाददाता मनऋषि धिताल हुनुहुँदोरहेछ । पत्रकारिताका बारेमा छोटो समयमा पनि धेरै कुराहरू सिक्ने अवसर प्राप्त भयो उहाँसँग ।

यो पनि :

एक लडाकुको संस्मरणमा बेनी मोर्चा- १: ‘माओवादी त जंगलमा बस्छ रे ! हामीलाई के थाहा ?’

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…