Khabarpato logo

         

विज्ञान/प्रविधि

चन्द्र-मंगल आज एउटै रेखामा : खगोलीय पिण्डहरूको दुर्लभ संयोग देख्न पाइने

एजेन्सी

एजेन्सी

चन्द्र-मंगल आज एउटै रेखामा : खगोलीय पिण्डहरूको दुर्लभ संयोग देख्न पाइने

शनिबार मंगल र पृथ्वीका बीचमा चन्द्रमा आउने छ । आकाशको अवलोकनमा रूचि भएकाहरूका लागि  यो खुशीको खबर हो ।

आज साँझ चन्द्रमाको ठीक पछाडिपट्टी एउटा रातो थोप्लोका रूपमा मंगल ग्रह देखापर्नेछ । जब चन्द्रमा पृथ्वी र मंगलको ठिक सिधा रेखामा पुग्नेछ, त्यसबेला मंगल ग्रह केहीबेरका लागि देखिने छैन । 

अमेरिकी अन्तरीक्ष संस्था (नासा) का अनुसार कुनै दुई ठूला वस्तुहरूका बीचबाट कुनै सानो वस्तु गुज्रिंँदा यस्तो प्रकारको संयोग बन्दछ जसलाई अंग्रेजीमा 'ओकल्टेसन' भनिन्छ । 

मंगल र पृथ्वीका बीचबाट प्रत्येक बर्ष २ पटक चन्द्रको गमन हुने भए तापनि स्थान र समयको तालमेल मिलाउन सके मात्र त्यस्तो दृश्य पृथ्वीबाट देख्न सकिने खगोलवीदहरूले बताएका छन् ।

नासाले भारत, अफ्रिका र इन्डोनेसियाको पस्चिमी तटलगायतका ठाउँहरूबाट उक्त दृश्यको अवलोकन गर्न सकिने जनाएको छ ।

खगोलीय गतिविधिहरूको अनुगमन गर्ने संस्थाहरूले उत्सुक मानिसहरूलाई साँझ ५:०० बजे देखि सूर्यास्तपछिको ९० मिनटसम्म चन्द्रमा तिर हेर्न सुझाव दिएका छन् । चन्द्र-मंगलको यो संयोग करिब ३० मिनेटसम्म कायम रहने बताइएको छ । आज काठमाडौमा चन्द्रमा राति ११:११ बजे अस्ताउनेछ भने मंगल राति  ११:०३ बजे अस्ताउनेछ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

चन्द्रयान- ३ अभियानमा भारत सफल

चन्द्रयान- ३ अभियानमा भारत सफल

भारतको चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानु…

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

चन्द्रयान- ३ आज चन्द्रमामा अवतरण गर्दै

भारतको चन्द्रयान- ३ बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भारतीय अन्तरिक्ष अनुसन्धान…

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

चीनमा १ सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने सिक्स जी बन्दै

अहिले विश्वका विभिन्न विकसित तथा शक्तिशाली देशहरू प्रविधिमा नयाँनयाँ कुराको खोजीमा …

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

चिनियाँ अन्तरिक्ष यान अन्तरिक्ष स्टेसनतर्फ प्रस्थान

३ जना चिनियाँ अन्तरिक्ष यात्री बोकेको एउटा अन्तरिक्ष यान आइतबार चिनियाँ अन्तरिक्ष स्टेस…