Khabarpato logo

         

स्थानीय विकास

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने : काठमाडौ जिल्ला प्रशासन

खबरदाता

खबरदाता

स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्ने : काठमाडौ जिल्ला प्रशासन

सार्वजनिक स्थलमा हिँड्‌डुल गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले कारबाही गर्ने चेतावनी दिएको छ ।

बुधबार एक विज्ञप्ति निकाल्दै प्रशासन कार्यालयले कोभिड-१९को संक्रमण जोखिम उच्च रहेको र संक्रमणको दर बढ्दै गएकाले सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क अनिवार्य प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह हो । उक्त विज्ञप्तिमा सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्य मापदण्ड पूरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाहीसमेत हुने व्यहोरा सर्वसाधारणको जानकारीको लागि सूचित गरिन्छ भनिएको छ ।

भारतसँगको सीमानाकाहरुबाट आउने मानिसहरु दैनिक रुपमा काठमाडौं उपत्यकामा आवतजावत गर्ने क्रम बढेको जनाउदै कोभिड-१९ को संक्रमण दर बढ्दै गएकाले त्यसको प्रभाव उपत्यकामा समेत बढ्दै गएको काठमाडौ जिल्ला प्रशासनले जनाएको छ ।

होली पर्वलाई आफ्नो घरभित्र नै सीमित गरेर मनाउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले कोरोना संक्रमण बढ्दो भएकाले फागू पर्वको अवसरमा सार्वजनिक स्थलमा भिडभाड नगर्न र सामाजिक, सांस्कृतिक मर्यादा अनुसार खेल्न र सार्वजनिक यातायात प्रयोग गर्दा अनिवार्य रुपमा मास्क, स्यानिटाइजर र सामाजिक एवं भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डलाई परिपालना गर्न सबैलाई अनुरोधसमेत  गरेको छ ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…