Khabarpato logo

         

फिचर/स्थानीय विकास

बाइडेन प्रशासनको चीन नीति अन्योल कायमै: अधिकारीहरू एकअर्कालाई दोषारोपण गर्न व्यस्त

एजेन्सी

एजेन्सी

बाइडेन प्रशासनको चीन नीति अन्योल कायमै: अधिकारीहरू एकअर्कालाई दोषारोपण गर्न व्यस्त

आफ्नो कार्यभार सम्हाल्ने क्रममा बाँकी विश्वसँग छिट्टै संबन्ध पुनःस्थापन गर्ने वाचा गरेका अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रमुख प्रतिद्वन्द्वी राष्ट्र चीनसँग संबन्ध सुधारका लागि अझै प्रयास सुरू गरेका छैनन् ।

रसिया, इरान, युरोप र ल्याटिन अमेरिकासँग ट्रम्पको कार्यकालमा उत्पन्न तनाव शान्त गर्ने प्रयास थालिसकेका बाइडेनले हालसम्म चीनप्रति कुनै चासो देखाएका छैनन् ।

बाइडेन प्रशासनले ट्रम्पले जस्तो चीनलाई सधैँजसो प्रतिबन्धको धम्की दिने कार्यलाई बन्द गरे पनि चीनका विरुद्ध ट्रम्प प्रशासनले चालेका कुनै पनि कदम फिर्ता लिइनेछ या यथावत राखिनेछ भन्ने कुरा हेर्न बाँकी छ ।

विश्वका २ वटा सबैभन्दा ठूला अर्थतन्त्रहरू र सर्वाधिक ग्रिनहाउस ग्यास उत्सर्जन गर्ने मुलुकहरू अमेरिका र चीनबीचको शक्ति संघर्षले जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न र कोरोना भाइरस महामारीको विनासकारी असरबाट विश्वलाई मुक्ति दिलाउने कार्यलाई समेत जटिलतातिर धकेल्न सक्ने संभावना रहेको विज्ञहरू बताउँछन् ।

ट्रम्प र उनका सहयोगीहरूले कोरोना भाइरसको उत्पत्तिस्थल ठानिएको चीनप्रति नरम भनी निर्वाचनताका प्रस्तुत गरिएका राष्ट्रपति बाइडेन मात्र होइन, कुनै पनि पार्टीका अमेरिकी सांसदहरुले समेत चीनमाथिको दबाब न्यूनीकरण गर्ने संबन्धमा रुचि देखाएका छैनन् ।

कार्यभार सम्हालेको पहिलो महिनामा नै राष्ट्रपति बाइडेन र विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले चीनलाई निशाना बनाएर ट्रम्प प्रशासनले चालेका उइघुर मुसलमान र अन्य अल्पसंख्यकका संबन्धमा व्यक्त गरेको दृृढता र साउथ चाइना सीमाथिको चिनियाँ दाबीलाई सोझै अस्वीकार गर्ने जस्ता महत्त्वपूर्ण कदमहरूलाई अझ सुदृढ बनाएका छन् ।

केही विश्लेषकहरूका अनुसार अमेरिकाले चीन र आफूबीचको तनाव विश्वव्यापी आधिपत्यका लागि भएको कुरा बुझेको छ ।  त्यसैले कुनै पक्ष पनि पछि हट्न तयार छैन ।

चिनियाँ अधिकारीहरूले बेलाबेला ट्रम्प प्रशासनका कारणले बिग्रिएको २ देशबीचको सम्बन्ध बाइडेनले उल्टाइदिने अपेक्षाकृत अभिव्यक्ति दिने शीलशिलामा उच्च तहका एक चिनियाँ  कूटनीतिज्ञ वाङ ईले बाइडेन प्रशासनले व्यापार एवं व्यक्ति-व्यक्तिबीचको संपर्कमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न तथा ताइवान, तिब्बत, छिन्जियाङ र हङकङका विषयमा बेइजिङकाेे इच्छाविपरीत हस्तक्षेप नगर्न आग्रह गरे । वाङले चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिष्ठामा दाग लगाउने काम नगर्न आग्रह गर्दै अमेरिकी नीति निर्माताहरूले भेदभावरहित ढंगले चीन र अमेरिकाको सम्बन्धको स्वस्थ एवं दिगो विकासको सुनिश्चितताका लागि तथ्यमा आधारित नीति निर्माण गर्ने आशा व्यक्त गरेका थिए ।

तर, बाइडेन प्रशासनमा पनि चीनविरोधी अभिव्यक्ति आइरहेका छन् । अधिकांश डेमोक्रेट तथा रिपब्लिकनहरू चीनलाई अमेरिकाको साझेदार वा सम्भावित मित्र नभएर रणनीतिक प्रतिद्वन्द्वी वा शत्रु ठान्छन् । त्यसैले उनीहरू चीनलाई अमेरिकाले कुनै पनि हालतमा पराजित गर्नै पर्ने कुरामा विश्वास गर्छन् ।

बाइडेनद्वारा सीआईए प्रमुखको पदका लागि प्रस्तावित विलियम बर्न्सले आफ्नो नियुक्तिको अनुमोदनका लागि बुधबार भएको सुनुवाइका क्रममा चीन बौद्धिक संपत्तिको चोरी गर्न सक्षम मात्र नभएर आफ्ना जनतालाई दमन गर्ने, छिमेकीलाई हानि गर्ने र अमेरिकी समाजमा आफ्नो प्रभाव जमाउन प्रयत्नशील त्रासदीपूर्ण दुश्मन भएको आरोप लगाए ।

चिनियाँ विश्लेषकहरूले बाइडेनको कार्यशैलीमा भिन्नता नरहेको जनाएका छन् । एलिट नान्झिङ विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक झु फेङ्ले भने, 'परिवर्तन र समायोजनलाई निरन्तरताले उछिन्यो ।'

२ विश्व शक्तिहरू अमेरिका र चीनबीचको तनावले बाइडेनको कार्यकालमा कस्तो रूप लिने हो भन्ने कुरा अहिल्यै यसै भन्न नसकिने जानकारहरू बताउँछन् । 

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…