Khabarpato logo

         

फिचर/स्थानीय विकास

८ वर्षसम्म मौलिक हक कार्यान्वयन नभएकामा जनप्रतिनिधिले गरे गुनासो

खबरदाता

खबरदाता

८ वर्षसम्म मौलिक हक कार्यान्वयन नभएकामा जनप्रतिनिधिले गरे गुनासो


संविधान जारी भएको ८ वर्ष पूरा हुन लाग्दासमेत मौलिक हकलगायत विषय कार्यान्वयनको प्रक्रियामा अघि बढ्न नसकेकामा जनप्रतिनिधिले नै गुनासो गर्न थालेका छन् । 

‘टक सेन्टर’ले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रदेशसभा सदस्यहरूले संविधानमा लेखिएका विषय ८ वर्षसम्म पनि कार्यान्वयनको प्रक्रियामा नजाँदा नागरिकमा निराशा देखिएकामा सरकारको ध्यानाकर्षण गराएका हुन् । 

कांग्रेस निकट जनप्रतिनिधिहरू सहभागी कार्यक्रममा संविधान मस्यौदा समितिको संयोजकसमेत रहेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई प्रमुख श्रोताको रूपमा घोषणा गरेर आयोजकले फरक कार्यक्रम आयोजना गरेका थिए । 

कार्यक्रममा बाग्मती प्रदेशसभाका प्रमुख सचेतक कुन्दनराज काफ्लेले संविधानमा लेखिएको निःशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन हुन नसकेकामा गुनासो गरे । संविधानमा लेखिएका विषय कार्यान्वयन नहुँदा नागरिकले विद्रोह गर्न थालेको भन्दै उनले नेतृत्वको ध्यानाकर्षण गराए । 
 
सरकारले हालै ल्याएको सङ्घीय शिक्षा विधेयकको पनि प्रमुख सचेतक काफ्लेले विरोध गरे । निजी स्वास्थ्य संस्थाले नागरिकलाई ठगिरहेको उल्लेख गर्दै उनले सरकारले अनुगमन गरी कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको बताए । संविधानमा मौलिक हकका रूपमा रहेका स्वास्थ्य, खानेपानी, आवासलगायत विषय पनि अझै कार्यान्वयनमा आउन नसकेको प्रदेशसभा सदस्यको भनाइ छ ।
 
कोशी प्रदेशसभा सदस्य एवं कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईले संविधानमा नागरिक अधिकारका कुरा धेरै लेखिए पनि कार्यान्वयन भने हुन नसकेको बताए । संवैधानिक आयोग पार्टीका कार्यकर्ता भर्ती केन्द्र र कर्मचारीको जागिर खाने स्थलका रूपमा विकसित भएका उल्लेख गर्दै उनले सम्बन्धित विषयका मुद्दा उठान गरी निष्कर्षमा पुर्‍याउन आयोग चुकेको बताए ।

संविधानमै संवैधानिक आयोगका विषयमा १० वर्षमा पुनरावलोकन गर्न सकिने विषय उल्लेख गरिएकाले अब त्यसतर्फ गृहकार्य गरिनुपर्नेमा नेता राईको जोड थियो ।

गण्डकी प्रदेशसभा सदस्य जितबहादुर शेरचनले संविधान कार्यान्वयनका लागि स्रोतको आवश्यकता पर्ने बताउँदै त्यसका लागि भ्रष्टाचार र अनियमितता रोकेर कोष बढाउन सकिने सुनाए । गर्न सकिने विषयमात्र बोल्ने र बोलेका कुरा कार्यान्वयनमा जनप्रतिनिधि लाग्नुपर्ने उनको भनाइ थियो ।

पूर्वमन्त्री भीमसेनदास प्रधानले सङ्घीयतालाई कार्यान्वयन गर्ने कानुन केन्द्र, प्रदेश र स्थानीय तहले ल्याउनुपर्नेमा जोड दिए । 

यसअघि हुने गरेका राजनीतिक कार्यक्रमभन्दा पृथक् शैलीमा गरिएको कार्यक्रममा मञ्चमा कसैलाई पनि राखिएन । प्रमुख श्रोता भनी आसनग्रहण गराइएका सिटौलासँगै श्रोताका रूपमा कांग्रेस सहमहामन्त्री उमाकान्त चौधरीलाई पनि राखिएको थियो । 

कार्यक्रमको अन्त्यमा सञ्चालकले निष्कर्ष भन्दै ‘जनप्रतिनिधिले आफ्नालागि होइन, जनताका लागि काम गर्नुपर्छ’ वाक्यांश पढेर सुनाएका थिए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…