Khabarpato logo

         

फिचर/स्थानीय विकास

दाङका २९८ घरेलु तथा साना उद्योग बन्द

खबरदाता

खबरदाता

दाङका २९८ घरेलु तथा साना उद्योग बन्द

दाङमा आर्थिक वर्ष २०७९/०८० मा २९८ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् । 

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ ३२३ वटा साना उद्योग बन्द भएका छन् । बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र  सेवामूलक उद्योग ५६ वटा छन् । कार्यालयमा आएर आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उनले बताए । 

जिल्लामा आर्थिक वर्ष २०७९/०८० मा ७४२ वटा घरेलु तथा साना उद्योग दर्ता भएका थिए । चालू तथा स्थिर पुँजीतर्फ १ अर्ब ४१ करोड १ लाख रुपैयाँ लगानी भएको छ । यसबाट ६३ लाख ३१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रमुख गुरुङले बताए । जिल्लामा हालसम्म ११ हजार ३८२ वटा घरेलु तथा साना उद्योग छन् ।

२०७९ असार मसान्तसम्म १० हजार ९३८ र आ.व. २०७९/०८० मा ७४२ वटा उद्योग थपिएका तथ्याङ्कले देखाएको छ । १ वर्षको अवधिमा ७१७ वटा उद्योग नवीकरण भएका छन् । ८१२ उद्यमी थपिएका छन् । २ हजार ५५३ जनाले रोजगारी प्राप्त गरेको तथ्याङ्क छ ।

उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन् । ६९२ जनाले रोजगारी प्राप्त गरेका छन् । १८९ वटा उद्योग नवीकरण गरिएको उनले बताए ।

कृषि तथा वनजन्य उद्योगमा ४३२ वटा दर्ता भएका छन् । यसबाट १ हजार १६८ जनाले रोजगारी प्राप्त गरेका छन् । कृषि तथा वनजन्य २१८ वटा उद्योग नवीकरण भएका छन् । पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन् ।

त्यस्ता उद्योगबाट ४६५ जनाले रोजगारी प्राप्त गरेका छन् । सेवामूलक २४० वटा उद्योग नवीकरण भएका छन् । वाणिज्यतर्फ ८२७ वटा फर्म दर्ता भएका छन् ।

कोभिड- १९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् । उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली छन् । उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…