Khabarpato logo

         

फिचर/स्थानीय विकास

गोकर्णेश्वरका सडकको दुर्दशा

खबरदाता

खबरदाता

गोकर्णेश्वरका सडकको दुर्दशा

नगरपालिकाले हेर्नुपर्ने सडकको काम उपभोक्ता समितिलाई दिएर नगरपालिकाका प्राविधिक कर्मचारीले ध्यान नदिँदा वर्षामा हिँड्न नसकिएको भन्दै राजधानीवासीले गुनासो गर्न थालेका छन् । गोकर्णेश्वर नगरपालिका- १ नयाँ पाटी पुलमाथिको कारखानाबाट बाग्मती नदी हुँदै  निस्कनेलगायत नगर क्षेत्रका भित्री सडकको अवस्था जीर्ण रहेका भन्दै नगरवासीले दुःखेसो पोखेका हुन् । 

नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ देखि प्रत्येक वर्ष बजेट विनियोजन गर्दै आएको वडा- १ को यस सडकमा अहिले पानी जमेर पैदल हिँड्न नसकिने अवस्थामा पुगेको स्थानीयवासी सरस्वती खड्काको गुनसो थियोे । यस सडकका नाममा नगरपालिकाको ५ आर्थिक वर्षसम्म लाखौँ रकम विनियोजन गर्दै आए पनि काम भने उपभोक्ता समितिलाई दिँदा गुणस्तरीय हुन सकेको छैन ।

उपभोक्ता समितिले मनपरी खर्च गर्दा सडकको यस्तो अवस्था भएको हो । यसतर्फ सरोकार भएका निकायको ध्यान जान नसकेको उनले बताइन् । 

सो विषयमा नगर प्रमुख दीपककुमार रिसालसँग सोध्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उपभोक्ता समितिले आयोजनाको सूचना पार्टीसमेत नराखी अपारदर्शी रूपमा काम गर्ने गरेको स्थानीयवासीको भनाइ थियो । स्थानीयवासीको सरोकारका यी समस्या बुझेर  नगरपालिकाले काम नगर्दा वर्षामा हिलो र हिउँदमा धुलाम्ये सडक हुने भएकाले  पीडित हुनुपरेको स्थानीयवासी पार्वती पुडासैनीले बताइन् ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

गोठाटार स्कुलमा कवितालेखन कार्यशाला

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको गोठाटार इंग्लिस सेकेन्डरी स्कुलले विद्…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…