Khabarpato logo

         

पर्यटन

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

खबरदाता

खबरदाता

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्दै हिँड्ने गरेका बेलामा पोखरा महानगरपालिका- २२ पुम्दीकोटमा भने विगतमा गाउँ छाड्नेहरू धमाधम घर फर्कन थालेका छन् । जनस्तरको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको विशाल महादेवको मूर्ति यतिखेर विगतमा गाउँ छाड्नेलाई फर्काउन वरदान सावित भएको छ ।

पोखरा आउने स्वदेशी एवं विदेशी पर्यटकले नछुटाउने गन्तव्यका रूपमा विकास भएको विशाल महादेवको मूर्तिका कारण यससँगै जोडिएका बाटाघाटा पनि निर्माण भएका छन् भने पर्यटक लक्षित विभिन्न पूर्वाधार बन्ने क्रम पनि उत्तिकै बढेको छ । पुम्दीकोटमा बढ्दै गएको आकर्षणले आफूहरूलाई निकै उत्साहित बनाएको महादेवको मूर्ति निर्माण अभियानका संयोजक एवं पुम्दीकोट कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।

'जनस्तरबाट निर्माण गरिएको विशाल महादेव मूर्तिसँगै गुरुयोजनामा समेटिएका अन्य पूर्वाधार निर्माणका काम बढिरहेका छन्', उनले भने, 'हालसम्मका संरचना निर्माणमा लगभग २६ करोड रुपैयाँ लगानी भइसकेको छ ।' समितिले मूर्तिसहित संरचना निर्माणका लागि ४० करोड रुपैयाँ लागत अनुमानसहितको गुरुयोजना तयार गरेको थियो ।

निर्माण कार्यका लागि समिति स्वयं नै सक्रियता देखाइरहेका कारण लक्षित लागत अनुमानमा अन्य बाँकी काम सम्पन्न हुने विश्वास लिएको अध्यक्ष बरालले जानकारी दिए । पछिल्लो समय देशका विभिन्न स्थानका साथै भारतलगायत विदेशी मुलुकबाट पनि पर्यटक पुम्दीकोट पुग्ने गरेका छन् । बढ्दै गएको आकर्षणले पशुपतिनाथपछिको दोस्रो तीर्थस्थलका रूपमा पुम्दीकोट स्थापित हुने उनको विश्वास थियोे ।

पछिल्लो समय पुम्दीकोटको उक्त मूर्तिकै कारण आसपासका क्षेत्रमा पर्यटकीय पूर्वाधारमा लगानी बढिरहेको समितिका सदस्य मातृका बरालले बताए । 'विगतमा सुविधाको खोजीमा गाउँ छाड्ने पनि विशाल महादेवकै कारण फर्कन थालेका छन्', उनले भने, 'पछिल्लो समयम होटललगायत पूर्वाधारमा लगानीको क्रम पनि उत्तिकै बढेको छ ।'

पोखराको मुख्य बजार क्षेत्रबाट झण्डै १३ किलोमिटर दुरीमा रहेको यहाँ आएर विशाल महादेवको मूर्ति अवलोकनसँगै एकसाथ पोखरा उपत्यकासहित धवलागिरि, अन्नपूर्ण जस्ता हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । 

पुम्दीकोटका पर्यटकीय संभावनालाई उजागर गर्ने लक्ष्यका साथ २०७३ फागुनमा महाशिवपुराण लगाउँदा ६ करोड १८ लाख रुपैयाँसहित दान स्वरूप २० रोपनी जग्गा प्राप्त भएको थियो भने २०७८ सालमा दोस्रो पटक महायज्ञ लगाउँदा करिब ३ करोड रुपैयाँ सहयोग प्राप्त भएको थियो । निर्माण अभियानमा ३ वटै तहका सरकार र आमसर्वसाधारणको साथ र सहयोग रहेको सदस्य बरालले जानकारी दिए ।

कोरोना फैलिएका बेलामा पनि निर्माण कार्यलाई निरन्तरता दिँदै सम्पन्न भएको महादेव मूर्तिसहितका पूर्वाधारले यो क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएकोे मूल पुजारी भरत पौडेलले बताए । प्रत्येक दिन बिहान ५ बजेदेखि बेलुका सन्ध्याकालीन आरतीसम्म यस धाममा पूजाआजा हुने गरेको बताउँदै उनले महत्त्वपूर्ण तिथि र पर्वमा भिडभाड हुने गरेको जानकारी गराए ।

समितिका सचिव नरहरि बरालका अनुसार मूर्ति स्थापनायता दर्शनार्थीको आगमनसँगै दान सहयोग पनि निरन्तर उठ्ने गरेको छ । भक्तजनबाट हुने गरेको दान सहयोगबाट मात्र हालसम्म पुम्दीकोटमा ५ करोड  रुपैयाँ सङ्कलन भइसकेको उनले बताए । 'विशेष तिथि र पर्वमा ठाउँठाउँबाट ठूलो सङ्ख्यामा भक्तजन पुम्दीकोटमा आउने गरेका छन्', उनले भने, 'गत शिवरात्रिमा मात्र ५० हजार जनाभन्दा बढी दर्शनार्थी यहाँ आएका थिए ।' हिजो सोमबार झण्डै १० हजारको सङ्ख्यामा दर्शनार्थी पुम्दीकोटमा आएको उनले जानकारी दिए ।

समितिले बृहत् गुरुयोजनाअनुसार बाँकी काम अघि बढाउँदै गएको छ । मूर्ति स्थापनाका साथै प्रशासनिक भवन र गुरु महाराज आश्रम निर्माण भइसकेका छन् भने नजिकै पल्लो थुम्कोमा सुमेरु पर्वतकै झल्को दिनेगरी संरचना निर्माण भइरहेको छ । विशालमूर्ति रहेको स्थान (कैलाश) र सुमेरु पर्वतलाई जोड्ने विद्युतीय चियरकार निर्माण गर्ने कार्ययोजनासमेत छ । यी २ थान करिब ४०० मिटरको दुरीमा छन् । त्यस्तै, शान्ति आश्रम, ज्येष्ठ नागरिक मिलन केन्द्र, हरियाली बगैँचा निर्माण गर्ने लक्ष्य राखिएको छ ।

शिवलीला, वन्यजन्तुको जीवनचक्र देखाउने प्रोजेक्टर निर्माणका सम्बन्धमा पनि छलफल भइरहेको जानकारी दिँदै सदस्य बरालले त्यसका लागि करिब ५ करोड  रुपैयाँ लाग्ने देखिएको बताए । मूर्ति परिसरमा गणेश मनोरेल, शिवलिंग आदि स्थापना भइसकेको जानकारी दिँदै उनले परिसरमा आकर्षक प्रवेशद्वार निर्माण भइरहेको बताए ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

'Province does not invest in unproductive sectors'

'Province does not invest in unproductive sectors'

Gandaki Province Chief Minister Surendra Raj Pandey has said the province gover…

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

चल्मलाउन थाल्यो सौराहाको पर्यटन

बर्सातसँगै सडक सञ्जाल जोखिम बनिरहँदा समेत चिनियाँसहित अन्य पर्यटक आएपछि सौराहाका हो…

Park commemorating Kirat culture built at Hatuwagadhi

Park commemorating Kirat culture built at Hatuwagadhi

A project to build a memorial park at Hatuwagadhi rural municipality in Bhojpur…

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

पर्यटक तान्दै ५१ फिटको महादेवको मूर्ति

देशका अधिकांश स्थानमा सुविधाको खोजी गर्दै सर्वसाधारण गाउँ छाड्दै हिँड्ने गरेका बेलाम…