Khabarpato logo

         

स्थानीय विकास

बाँझो जमिनमा बिरुवा उत्पादन गर्दै तमानखोला

खबरदाता

खबरदाता

बाँझो जमिनमा बिरुवा उत्पादन गर्दै तमानखोला

गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आय आर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ । 

स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगारी सिर्जना गर्न थालेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयवासीलाई गाउँमै रोजगारी दिन तथा उनीहरूको  आय आर्जन बढाउन फलफूल खेती तथा काठजन्य बिरुवा उत्पादनमा जोड दिन थालेको छ । 

अघिल्लो आवमा तमानखोला- ४ मा १ हजार ५०० वटा फलफूलका बिरुवा लगाइएकामा आर्थिक वर्ष २०७९/०८० मा १० हजार वटा बिरुवा लगाइएको छ । तमानखोला- ५ को खुङ्खानीलगायत गाउँमा पनि फलफूल खेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । थोरै मिहिनेतबाट धेरै उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु, किबी, बयर तथा उत्तिस र किम्मुका बिरुवा लगाइएका छन् । 
 
गाउँका हरेक नागरकिलाई व्यावसायिक बनाउन फलफूल खेतीमा जोड दिएको अध्यक्ष बुढा मगरले बताए । किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराइएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि फलफूल खेतीलाई जोड दिएको उनी बताउँछन् ।

'पहिला गरी खान ठाउँको अभाव हुन्थ्यो, अहिले ठाउँ खाली छ, गरी खाने मान्छे छैनन्, अब खाली जग्गाको सदुपयोग गरी स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्य छ', अध्यक्ष बुढा मगरले भने, 'पालिकाभरि फलफूल खेती गर्ने योजना छ, किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको छ ।'

व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० किसानले फलफूलका बिरुवा व्यावसायिक रूपमा उत्पादन गर्नेगरी बारीमा लगाएका छन् । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको हो । अघिल्लो वर्ष हिउँदे र बर्खे गरी २ याममा बिरुवा उपलब्ध गराउनेगरी पालिकाले बजेट विनियोजन गरेको थियो ।

ताजा

सबै

महाकवि देवकोटाको गजल सन्तोषको सङ्गीत र स्वरमा

महाकवि लक्ष्मीप्रसाद देवकोटाले रचना गरेको गजल सङ्गीतकार/गायक सन्तोष श्रेष्ठले बजारमा ल्…

सन्तोषक‍ो संगीत र स्वरमा कृष्णादेवीको गजल

कृष्णादेवी शर्मा श्रेष्ठको राष्ट्रिय भावको गजल म बाँचेर के भो सार्वजनिक भएको छ । विश्व …

मुशायरा जमाए रश्मि, आँचल र अविनाशले

कोही छ जो मलाई खुब तड्पिएको हेर्छ मुस्कानमा अनौठो काँडा बिझेको हेर्छ । सक्दैन रोक्न आ…

मुशायरा तताउँदै रश्मि, आँचल र अविनाश

काठमाडौँ- नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको 'गजल मुशायरा…

लोकप्रिय

सबै

यो पनि

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

हटेन बेनी-जोमसोम सडक खण्डमा पहिरोको जोखिम

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडक खण्डमा १० स्थानमा ठूल…

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

सिँचाइ सुविधापछि बाह्रैमास हरियाली

चितवनको भरतपुर महानगरपालिका- २९ मा भार्लाङ सिँचाइ योजना निर्माण सम्पन्न भएको छ । मह…

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजा दिँदै काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले कक्षा ६ देखि १० सम्मकाविद्यार्थीलाई दिवा खाजाको व्यवस्था गर्ने…

Efforts on to open Martadi-Kolti road

Efforts on to open Martadi-Kolti road

The Nepali Army is working to help open the Martadi-Kolti road, which remains b…